मंसिर ४ गते हुने निर्वाचनमा कुल मतदाता संख्या– १ करोड ७९ लाख ८८ हजार ५७०

Read Time = 1 min
A A- A+

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ ।

निर्वाचन आयोज आज एक विज्ञप्ति जारी गर्दै कुल मतदाता संख्या सार्वजनिक गरेको हो ।

आयोगका अनुसार कुल मतदातामा ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष र १८५ जना अन्य रहेका छन् ।

२०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी आगामी मंसिर ३ गतेसम्ममा १८ वर्ष ृउमेर पूरा हुनेहरुको नाम अन्तिम नामावलीमा समावेश गरिएको आयोजले जनाएको छ ।

यसैगरी मतदाता संख्या समेतका आधारमा आयोगले १० हजार ८९१ मतदान स्थल अन्तर्गत २२ हजार २२६ मतदान केन्द्रहरु रहेन गरी मतदान केन्द्र स्वीकृत गरेको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?