बैंकले दियो ‘छात्रालाई छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत छात्रवृत्ति

Read Time = 2 mins

भोजपुर । ‘छात्रालाई छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत भोजपुरको सार्वजनिक आधारभुत बिद्यालय पैयापानीमा अध्ययनरत एक छात्रालाई बार्षिक छात्रबृति उपलब्ध गराईने भएको छ ।

ग्लोबल आइएमई वैकले भोजपुर नगरपालिका वडा नम्वर १२, टक्सारको पैयापाानीमा रहेको सार्वजनिक आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा दिप्सीका खडगीलाई छात्रवृत्ति प्रदान गरेको ग्लोबल आइएमई बैंक शाखा कार्यालय भोजपुरका शाखा प्रबन्धक दिवाकर घिमिरेले जानकारी दिनुभयो ।

छात्रवृत्ति पाउने छात्रा खड्गीलाई कक्षा १२ सम्म बैंकले वार्षिक १२ हजारका दरले छात्रवृत्ति दिने शाखा प्रबन्धक घिमिरेले बताउनुभयो । बिद्यालयलाई आर्थिक अवस्था कमजोर र बिपन्न बिद्यार्थी छनौट गरी पठाउन माग गरिए अनुसार तीन जनाको नाम प्राप्त भएकोमा खडगीलाई छात्रबृति उपलब्ध गराईएको बैंकले जनाएको छ ।

बिद्यालयले छनौट गरी पठाए अनुसार बैकले खडगीलाई छात्रबृति प्रदान गरेको बिद्यालयका प्रधानाध्यापक योगबहादुर कार्कीले जानकारी दिनु भयो ।

दुई सय ९० स्थानमा ग्लोबल आइएई बैंकको शाखा कार्यालय संचालनमा रहेको छ भने शाखा रहित सेवा दुई सय ७५ स्थानका साथै अस्ट्रेलिया, भारत र युकेमा समेत वैकले सेवा दिई रहेको वैँकले छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?