वरुण इन्भेष्टमेन्टले सेयर जारी गर्ने

Read Time = 1 min

काठमाडौं । वरुण इन्भेष्टमेन्टले १५ करोड बराबरको १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषसमेत गरी उक्त परिमाणको सेयर जारी गर्ने भएको हो ।

जसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा वरुण इन्भेष्टमेन्टका अध्यक्ष शिवप्रसाद घिमिरे र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गर्नुभएको हो ।

२०७७ सालमा पब्लिक कम्पनीका रूपमा स्थापना भई ललितपुरको भनिमण्डल-४ मा रजिष्टर्ड कार्यालय रहेको वरुण इन्भेष्टमेन्टको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ । संस्थापक समूहको ७७ प्रतिशत सेयर रहेको कम्पनीमा १७ जना संस्थापक सेयरधनीबाट ४० करोड बराबरको सेयर पुँजी चुक्ता भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?