बागलुङका द्वन्द्व पीडितको गुनासो : हामीले न्याय पाएनौँ

Read Time = 7 mins

-डम्मर बुढा मगर
बागलुङ । बागलुङमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले द्वन्द्व पीडितहरुको अवस्था निकै कमजोर बन्दै गएको बताएका छन् । उनीहरुले वर्षौँदेखि आफन्तको न्याय लागि लड्दालड्दै भएको जायजेथासमेत सकिएको गुनासो गरे । सशस्त्रद्वन्द्वका समयमा वेपत्ता परेका, मरेका तथा मारिएका आफन्तको अहिलेसम्म सरकारले कुनै पनि जानकारी दिन नसकेको उनीहरु बताउँछन् ।

“हामीहरु धेरै लामो समयदेखि न्यायको प्रतिक्षामा छौँ, द्वन्द्वमा आफन्ता गुमाउनु परेको पीडा त मुटुमा छँदैछ, समाजमा र राज्यले उनीहरू प्रति गरेको असामान्य व्यवहारले थप चोट पुगेको छ, त्यस बेलामा हाम्रा आफन्तहरु कर्तव्यवोध गरि मुलुक र नागरिक जोगाउनको लागि आफ्नो ज्यान दिए, तर अहिले उनीहरुको सम्मान राज्यले गर्न सकेन, बेपत्ता परिएका र उनीहरुका परिवारको बेवास्ता गर्दा दुःख लाग्छ” उनीहरुले भने ।
द्वन्द्व पीडित सचिनान्द विकले लामो समयदेखि न्यायका लागि लडे पनि आफूहरुले न्याय पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो–“हामीले न्याय कहिले पाउने ?, लड्दा लड्दै थकित भयौँ, अहिलेसम्म न्याय पाउन सकेनौँ, हाम्रा आफन्त कहाँ छन्, कस्तो अवस्थामा छन् ?, त्यसको सोधखोज यतिका समय बितिसक्दा पनि हुन सकेन ।”

विकले द्वन्द्व पीडितहरुको अवस्था दिन प्रतिदिन नाजुक र दयनीय बन्दै गएको भन्दै उनीहरुले जीवनस्तर उकास्न कसैको ध्यान नगपुगेको गुनासो गर्नुभयो । उहाँले लामो समयदेखि न्यायका लागि संघर्ष गरि रहेका नागरिकलाई सरकारले मलमपट्टी गर्न नसकेको भन्दै पीडितहरु झन्–झन् पीडामा परि रहेको बताउनुहुन्छ ।

“हामी लामो समयदेखि निरन्तर न्यायका लागि संघर्ष गरि रहेका छौँ, हाम्रो अवस्था दिनदिनै नाजुक बन्दै गएको छ, हाम्रो जीवनस्तर उकास्न समेत कसैेको ध्यान पुगेन, हामी न्यायका लागि हिड्छौँ, तर कहीँ कतैबाट हाम्रो सुनुवाई भएन,” विकले भन्नुभयो “पीडतलाई सामान्य सान्त्वना समेत कसैले दन सकेन, यसले गर्दा अहिले धेरै द्वन्द्व पीडितहरु झन् पीडामा छन् ।”

उहाँले सरकारले पीडितहरुको जीविकोपार्जनका लागि सहज वातावरण सिर्जना गर्नु पर्ने बताउनुभयो । “अलिअलि भएको जायजेथा पनि न्याय खोज्दा खोज्दै सकिन थाल्यो, वर्षौँ भयो हामीले हाम्रो आफन्त गुमाएको, कतैबाट हाम्रो अवस्था बुझ्न कोही आएन, पीडितहरुको जीविकोपार्जनका लागि सरकारले केही त गर्न सक्थ्यो होला नि, तर अहिलेसम्म केही गरेन, पीडित परिवारलाई अहिले पनि धेरै समस्याले झेलेको छ, सम्बन्धित निकाय यस प्रति गम्भीर भएन, हामी अन्यायमा प¥यौँ भनेर सुनाउने ठाउँसमेत छैन ।”

उहाँले लामो समयदेखि न्याय पाउने आशमा रहेको भन्दै सरकारले यो काम गर्न नसके गाँठो फुकाई दिनु पर्ने मागसमेत गर्नुभयो । “हामीहरु लामो समयदेखि न्यायको आश गरेर बस्यौँ, तर अहिलेसम्म आश आशमात्रै रह्यो न्याय पाउन सकेनौँ, सरकारले सक्दैनौँ भने सक्दैनौ भने हुन्थ्यो, हामीलाई आश त हुन्थेन, यसर झुलाई राख्नुभन्दा बरु यो गाँठो फुकाई दिए हुन्थ्यो, हामी जे गरे गथ्यौँ ।”

द्वन्द्व पीडित जशोधादेवी शर्माले न्याय नपाएसम्म आफूहरुको संघर्ष जारी रहने बताउनुभयो । उहाँले विगतमा धेरै थरीका आश्वासनहरु आए पनि यतिका वर्ष बितिसक्दा पनि न्याय पाउने विषयको अत्तोपत्तो नभएको बताउनुभयो । “विगतमा हामीहरुलाई धेरै तिरबाट न्याय दिने आशाहरु देखाइए अहिले यस प्रति कोही जिम्मेवार भएनन्, हामी हाम्रो परिवारका सदस्य भेटिने र न्याय पाउने आशमा छौँ, जिम्मेवार निकायले भने हाम्रो मुद्धामाथि, हाम्रो पीडामाथि ध्यान दिएन,” शर्माले भन्नुभयो “हामी न्याय नपाएसम्म विचलित नभई लडिरहन्छौँ ।”

उहाँले परिवार गुमाउँदाका पीडा आफूहरुलाई मात्रा थाहा हुने भन्दै सम्बन्धित निकायले बेपत्ता भएका र द्वन्द्वमा ज्यान गुमाएकाहरुको अपमान गरेको बताउनुभयो । शहिद तथा बेपत्ता परिवारका सदस्यहरु लामो समयदेखि न्यायका लागि कचारै तिर भौतारिँदा पनि उनीहरुको पीर ब्यथालाई बुझ्न नसकेको गुनासो गर्नुभयो ।

“आफन्त गुमाउनुको पीडा हामीहरुलाई थाहा छ, कस्तो हुन्छ भन्ने, हामीहरु हाम्रा आफन्तको न्यायका लागि वर्षौँदेखि लडि रहेका छौँ, धेरैले धेरै थरी आश्वासद देखाए, तर अहिले हाम्रो कार्यक्रममा समेत सहभागी हुँदैनन्, राज्य निकै निरीह भयो,” शर्माले भन्नुभयो “हामीहरुले हाम्रा कुरा सुनाउन ठूला दलहरुका नेताहरुलाई पनि खबर ग¥यौँ तर उहाँहरुले हाम्रा समस्या सुन्न चाहानु भएन, अब हामीहरुले कसलाई सुनाउने, कहाँ जाने न्याय खोज्न ?, कसले दिन्छ हामीलाई न्याय ?, सरकारले सक्दैन भने सक्दैन भनोस्, यसरी हामीलाई अन्योलमा नपारोस्, हामी जे गरे गरौँ, जुलाउने काम नगारोस् ।”

सशस्त्र द्वन्द्वका समयमा बागलुङ बागलुङका १४९ जनाले ज्यान गुमाउनु परेको थियो भने अहिलेसम्म २४ जना बेपत्ताको सूचिमा छन् । दुई जना भने फेला परेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?