पौडी खेल्न गएका तीन जना बालक बेपत्ता

Read Time = 1 min

हेटौंडा । हेटौंडामा पौडी खेल्न गएका तीन जना बालक बेपत्ता भएका छन् । शुक्रबार खोलामा पौडी खेल्ने क्रममा ती बालक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

हेटौंडा वडा नम्बर ५ र ७ को सीमानामा पर्ने न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा तीन बालक बेपत्ता भएका हुन् ।

साँझ साढे पाँच बजे चार जना बालक पौडी खेल्न खोलामा गएका थिए । तीमध्ये एक जना बालकको उद्धार गरिएको छ । उद्धार गरिएका बालकका अनुसार उनीहरू हेटौंडा–१५, फायरलाइनबाट पौडी खेल्न गएका थिए ।

हराइरहेका बालकको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले उद्धार गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?