गडफादरमा सलमानको निःशुल्क केमियो

Read Time = 2 mins

मुम्बई । मेगास्टार चिरञ्जीवीको फिल्म ‘गडफादर’ मा बलिउड स्टार सलमान खान पनि देखिँदैछन् । सलमान यो फिल्ममा केमियो भूमिकामा छन् । उनी चिरञ्जीवीको क्राइम पार्टनर चरित्रमा देखिँदैछन् । हालैमात्र फिल्मको गीत ‘थर मर ठक्कर मारु’ रिलिज भयो । यो गीतमा चिरञ्जीवीसँग सलमानले ठुम्का लगाएका छन् ।

चिरञ्जीवीले यो फिल्मका लागि सलमानले कुनै पनि पारिश्रमिक नलिएको खुलाएका छन् । उनले फिल्मको पारिश्रमिकका लागि भन्दा पनि दर्शकको माया पाउन फिल्मको हिस्सा लिएको दाबी गरेका छन् ।

‘सलमानले बिना पैसा फिल्ममा काम गरेका हुन् , उनले फ्यानको माया पाउनका लागि मात्र फिल्ममा काम गरेका हुन्, सलमान भाईलाई मेरो सलाम छ, हामी तपाईंलाई माया गर्छौ’, चिरञ्जीवीले भनेका छन् ।

तमिल भाषामा बनिरहेको यो फिल्म मलयालम फिल्म ‘लुसिफर’ को रिमेक हो । फिल्मका निर्देशक राजा मोहन हुन् । फिल्ममा नयनतारा र सत्यदेवको पनि अभिनय छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?