समानुपातिकमा नाम राखेकोमा कांग्रेस नेता बस्नेतको आपत्ति, तत्काल हटाउ आग्रह

Read Time = 2 mins

उदयपुर । नेपाली कांग्रेस उदयपुरका पूर्वसभापति विदुर बस्नेतले समानुपातिकतर्फ आफ्नो नाम राखिएकोमा आपत्ति जनाउनु भएको छ । समानुपातिकमा आफ्नो दावी नरहेको र कुनै पनि क्षेत्रबाट सिफारिस समेत नभएको अवस्थामा समानुपातिकको बन्दसूचीमा नाम राखिएको भन्दै आपत्ति जनाउनु भएको हो। उहाँले सूचीबाट नाम तत्काल हटाउन विज्ञप्तीमार्फत माग गर्नुभएको छ ।

तीन पटकसम्म पार्टीको जिल्ला सभापति हुनु भएका बस्नेत उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवारीको दावी गर्दै आउनु भएको छ । उहाँले सो क्षेत्रबाट प्रत्यक्षबाहेक अन्य कुनै पनि दावी नरहेको प्रष्ट पार्नुभएको छ। बन्दसूचीमा नाम समावेश गर्नु अघि आफुलाई एकपटक पनि नसोधिएको उहाँको भनाइ छ । 'कहीँ कतैबाट मेरो नाम सिफारिस नै नभएको अवस्थामा कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा मेरो नाम पनि रहेको बाहिर आएको हुँदा म आश्चर्यचकित भएको छु ।' उहाँले भन्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?