तीर्थयात्री बोकेको डुंगा दुर्घटना हुँदा २४ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

ढाका । बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । दुर्घटनामा करिब दुई दर्जन वेपत्ता भएको बंगलादेश प्रहरीले जनाएको छ ।

‘अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका छन्’, एक स्थानीय प्रहरी अधिकारीको भनाइ उल्लेख गर्दै एएफपीले लेखेको छ, ‘अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमा अधिकांश महिला र बालबालिका छन् ।’

प्रहरीका अनुसार उक्त डुंगामा ५० जना तीर्थयात्री थिए । उनीहरु शताब्दीऔँ पुरानो मन्दिरमा यात्रा गरिएका थिए । उत्तरी बंगलादेशको बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेको थियो ।

दुर्घटनामा २५ जना यात्रु हराइरहेका अर्का एक प्रहरी अधिकारीले बताएको पनि एएफपीले जनाएको छ । स्थानीय सञ्चार माध्यमले भने कम्तीमा १० जनाको उद्दारपछि अस्पताल लगिएको जनाएका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?