कामना सेवाको चाडपर्व अफर

Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंकले फोनपे क्युआर ग्राहकलाई चाडपर्वको समयमा डिजिटल भुक्तानी गरी चाडपर्व अझै रमाइलो र भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको छ ।

अफरअन्तर्गत डिजिटल भुक्तानीमार्फत् आकर्षक छुट प्रदान गरिने बैंकले जनाएको छ । ‘यस चाडपर्व लााइफ इजी बनाऔं, नगद छोडौं फोनपे गरौं’ भन्ने नारासाथ क्युआर ग्राहकले क्युआर प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १० प्रतिशत वा एक सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै फोनपेबाट क्युआर, आइबिएफटी तथा अनलाइन पेमेन्ट गर्दा ग्राहकले हरेक दिन एक लाख जित्न सक्ने, फोनपे क्युआरबाट भुक्तानी लिँदा व्यवसायीले हरेक दिन स्मार्टफोन जित्न सक्ने पनि बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?