उपचार गराउन आएका विरामीमाथि अभद्र व्यवहार

हिमालय टाइम्स
Read Time = 4 mins

-संजीवकुमार मिश्रा

बारा । बाराको सदरमुकाम कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार गराउन आएका एक जना विरामीलाई चिकित्सकले अभद्र व्यवहार गरेका छन् । कलैया उपमहानगरपालिका–१ का रितेश ठाकुरले धामिन (विष नभएको) सर्पको टोकाईबाट आफू घाइते भएर अस्पतालमा चेकजाँच गराउन जाँदा अस्पतालमा कार्यरत डाक्टर बीरेन्द्र महतोले अभद्र व्यवहार गरेको आरोप लगाउनुभयो ।

आफू सर्प टोकेको केही समयभित्रै कलैया अस्पतालमा जाँच गराउन आएको ठाकुरले भन्नुभयो, ‘कलैया अस्पताल स्थित ओपीडी सेवाको टिकट कटाएर चेक गराउन जाँदा त्यहाँ कोही थिएन । डाक्टरलाई खोज खबर ग¥यो तर पत्तो लागेन । केही समय पछि डाक्टर आयो । आउने वितिकै के भयो भनेर न सोधी चेक जाँच गर्न आनाकानी गरेको थियो । मलाई सर्पले टोकेको छ उपचार गरिदिनुहोस् भनि भन्दा झर्को मानी उपचारमा आनाकानी गरेको उहाँले आरोप लगाउनुभयो ।’

हामीले केही नभन्दासमेत झर्को मानेर उपचारमा आनाकानी गरेको ठाकुरसँगै आएका कलैया उपमहानगरपालिका–१ देवकोटा चोकका तिलकप्रसाद घिमिरेले आरोप लगाउनुभयो । सर्पले टोक्दा जो कोही पनि अतालिन्छन्, उहाँले भन्नुभयोे, ‘हामी आधा घण्टासम्म अस्पताल भरि चहा¥यौ तर डाक्टरको अतोपतो थिएन । कहाँ जाने के गर्ने भनि दोधारमा थियौं । सबै जना सँग डाक्टरको बारेमा सोधीनिति ग¥यौं बल्ल आधा घण्टा पछि मात्र डाकटरसँग हाम्रो भेट भयो । तपाई कहाँ हुनु हुन्थ्यो भनेर डाक्टर महतोसँग सोध्दा उहाँ झर्को मान्दै म जहाँ भएपनि तिमीलाई के मतलब भनि जवाफ दियो । त्यसपछि सर्पले टोकेको भनि भन्दा म के गरु औषधी लेखिदिन्छु भनेर एउटा चिटमा औषधीको नाम लेखेर फालिदियो । डाक्टरको अभद्र व्यवहारले हामी पनि छक्क प¥यौं एक छिनको लागि बहस नै भयो । त्यसपछि डाक्टर र कम्पाउण्डरले धक्का दिएर आफ्नो ठाउँमा जान भन्यो । यसरी विरामी चेक गराउन आएको मानिसलाई आफ्नो काम नगरि अभद्र व्यवहार गरेको उहाँले आरोप लगाउनुभयो ।’

हामी नगरका स्थानीयहरूसँग डाक्टरको व्यवहार यस्तो छ भने बाहिर र गाउँबाट आएका सोझा साझा जनताहरूसँगको व्यवहार कस्तो होला ? चिकित्सकको भाषा नरम र शान्त स्वभाव हुनु पर्ने हो उहाँले भन्नुभयोे, ‘तर उनले उपचार गर्नुभन्दा उल्टै विरामीलाई थर्काउने डराउन गरेका छन् । आफूले गरेको गल्ती स्वीकार गर्नु त कता हो कता झन् हामी माथि नै खनिएका थिए । आखिरमा हामी सर्वसाधारणहरू कहाँ जाने ? को सँग न्यायको गुहार लगाउने ? अस्पताल जस्तो संवेदनशिल ठाउँमा यस्ता डाक्टरहरूको लापरवाही र दुव्यर्वहारले नै अस्पतालको नामसमेत बदनाम हुने उहाँले बताउनुभयो । ’

डाक्टर विरेन्द्र महतोले आफूले उनीहरूसँग कुनै अभद्र व्यवहार नगरेको जानकारी दिनुभयो । उनीहरू आएपछि के भएको भनि कुरा गरेर अस्पतालमा भर्ना हुन सल्लाह दिएको बताउनुभयो । एमबीबीएस जेनेरेल फिजिसियन डाक्टर महतोले आफू विगत एक वर्षदेखि कलैया अस्पतालमा कार्यरत रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?