कमल ज्ञवालीको ‘सत्प्रयास’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कमल ज्ञवालीद्वारा लिखित संस्मरणात्मक पुस्तक ‘सत्प्रयास’ लोकार्पण भएको छ । दायित्व वाङ्मय प्रतिष्ठान प्रकाशक रहेको उक्त पुस्तको चाबहिल स्थित टेक्सास कलेजमा एक विशेष समारोहबीच लोकार्पण भएको हो ।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सञ्चालित कार्यक्रमा साहित्यिक पत्रकार रोचक घिमिरे वरिष्ठ अतिथि रहनुभएको थियो भने विशिष्ठ अतिथिमा प्राज्ञ प्राडा. दीनेशराज पन्त रहनुभएको थियो ।

प्राडा.लेखप्रसाद निरौलाले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रमको सञ्चालन यादव भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा कृतिमाथि साहित्यकार कृष्ण प्रधानले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रमा प्राडा.भागवत ढकाल, सुब सेन, ठाकुर शर्मा भण्डारी, कृतिकार कमल ज्ञवालीले आफ्नो कृतिका सन्दर्भ बारे बताउनुभएको थियो । कार्यक्रमको अन्त्यमा सभापतिको आशनबाट रामप्रसाद पन्तले पुस्तकका बारेमा आफ्ना भनाइ राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?