राष्ट्रिय खेलकुदको ट्रफी कर्णालीमा

हिमालय टाइम्स
Read Time = 7 mins

सुर्खेत । गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गते सम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद- २०७९ को मुख्य ट्रफी मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतको उपस्थितिमा वीरेन्द्रनगरमा ट्रफी प्रदर्शन गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुदको ट्रफ्री टुरका लागि ओलम्पियन दिपक विष्टको संयोजकत्वमा ट्रफी टुर कार्यदल गठन गरेको थियो । मुख्यमन्त्री जीवनबहादुर शाहीले खेलाडीको हितका लागि सबैभन्दा अग्रसर रहेर कर्णाली प्रदेशले काम गरिरहेको बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले यस प्रदेशका खेलाडीका लागि रंगशाला निर्माणदेखि खेलाडीको हौसला बढाउने काममा सरकार निरन्तर लागिपरेको बताउनुभयो । ‘प्रदेश सरकारले खेल र खेलाडीका लागि आफ्नो स्रोतअनुसारको बजेट व्यवस्थापन गरेको छ,’ उहाँले भन्नुभयो, ‘खेलकुदलाई प्राथमिकता दिएर नै म खेलाडीको अगाडि उपस्थित भएको छु । ट्रफी जितेर ल्याउन सबै खेलाडीलाई आग्रह गर्दै उहाँले नवौंमा यसको सपना देख्न आग्रह गर्नुभयो । नवौंमा खेलमार्फत् नै कर्णालीलाई चिनाउन उहाँको आग्रह थियो ।

ओलम्पियन तथा ट्रफी टुरका संयोजक दिपक बिष्टले पुलिस, आर्मी क्लबलगायत सबभन्दा राम्रा खेलाडी पश्चिम नेपालकै रहेको भन्दै उत्साहका साथ नवौं खेलकुदमा सहभागी हुन आग्रह गर्नुभयो । ट्रफीले कर्णाली प्रदेशको खेलाडी र प्रशिक्षकको मनोबल बढाउने अपेक्षा रहेको उहाँको भनाइ थियो । ‘पहिलोपटक यो ट्रफी टुरको आयोजना गरिएको छ, यसले खेल क्षेत्रमा केही हुन्छ कि भन्ने अपेक्षा छ । उहाँले भन्नुभयो, ‘नवौं प्रतियोगितामार्फत् ट्रफी कर्णालीमै ल्याउन उहाँले आग्रह गर्नुभयो ।’

सो कार्यक्रममा राष्ट्रिय खेलकुदको रनिङ ट्रफी टुरका संयोजक विष्टसहित नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहनुभएका सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सहभागी हुनुभएको थियो ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले कर्णालीबाट नवौंमा सहभागी भई स्वर्ण, रजत र कास्य पदक ल्याउने खेलाडीलाई क्रमशः दुई, डेढ र एक लाख नगद पुरस्कार दिने बताउनुभयो । नवौं राष्ट्रिय खेलकुदमा कर्णालीबाट ४९८ जना खेलाडीले २९ वटा खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

अरू खेलाडीहरूले खेल जितिसकेपछि मात्रै पुरस्कार दिने तर कर्णाली प्रदेशले भने जित्नुभन्दा अगाडि नै पुरस्कारको व्यवस्था गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताउनुभएको छ । उहाँले हिजोका दिनमा कर्णालीलाई हरेक क्षेत्रमा विकट भनी प्रचार गरिए पनि खेल क्षेत्रमा कर्णाली अगाडि रहेको बताउनुभयो ।

उहाँले कर्णालीले खेल क्षेत्रमा धेरै सम्भावना बोकेका कारण कर्णाली प्रदेश सरकारले पनि खेल क्षेत्रमा ठूलो लगानी गरेको भन्दै आज कर्णाली प्रदेशको आँगनमा पुगेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७९ को ट्रफी कर्णालीमा भित्र्याउने गरी खेलाडीहरूलाई तयारी गर्न निर्देशन दिनुभयो । ट्रफी टुरका संयोजक ओलम्पियन दीपक विष्टले अन्य प्रदेशभन्दा कर्णाली प्रदेश सरकारले खेल क्षेत्रलाई महत्व दिएको भन्दै कर्णालीको खेल क्षेत्रमा ठूलो सम्भावना रहेको बताउनुभयो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य-सचिव विश्वामित्र सञ्ज्यालले कर्णाली प्रदेशमा पुगेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी चुम्नका लागि कर्णाली प्रदेशका खेलाडीहरू तयारी अवस्थामा रहेको भन्दै आज कर्णाली प्रदेशमा आइपुगेको ट्रफी कर्णालीमा नै फिर्ता आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

कर्णाली प्रदेश सरकार खेल क्षेत्रका समस्या समाधान गर्नका लागि जहिले तयार रहेको भन्दै सदस्य-सचिव सञ्ज्यालले खेलाडीहरूलाई कुनै पनि चिजको कमी हुन नदिने गरी कर्णाली प्रदेश खेलकुद विकास परिषद् लागिरहेको बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढा क्षेत्री, राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ को रनिङ ट्रफी टुरका संयोजक विष्टसहित अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, अल्ट्रा म्याराथन धावक मीरा राईलगायत सहभागी हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?