अम्बे ग्रुप र डिलरबीच शुभकामना आदानप्रदान

Read Time = 2 mins

नेपालगञ्ज। नेपालगञ्जस्थित होटल सोल्टीमा अम्बे ग्रुपले लुम्बिनी र सुदूरपश्चिम प्रदेश डिलरबीच शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नेपालगञ्जमै दैनिक १४ सय टन क्षमताको अत्याधुनिक वातानुकूलित फ्याक्ट्री नेपालको सबैभन्दा ठूलो फ्याक्ट्री रहेको र दुई प्रदेशमा अपेक्षाकृत ग्राहकको विश्वास जित्न ब्राण्ड सफल भएको भन्दै ग्रुपका अध्यक्ष हरि न्यौपानेले आगामी दिनमा पनि उच्च मनोबलसाथ ढुक्कसँग ग्राहकलाई अम्बे स्टिल र सिमेन्ट बिक्री गर्न उत्प्रेरित गर्नुभयो ।

सो अवसरमा अम्बे स्टिलका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले देशमा ठूलो उद्योग स्थापना गरी उद्योग, रोजगारी सिर्जनाका साथै कलाकार, डिलर, उपभोक्ता सबैको आर्थिक हैसियत बढाउन सहयोग पुर्‍याएकोमा ग्रुपलाई धन्यवाद दिनुभयो ।
ग्रुपका निर्देशक शिवाज न्यौपानेले उद्योगलाई समयसापेक्ष, प्रविधिमैत्री, जनउत्तरदायी, संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै देशकै अनुकरणीय उद्योगका रूपमा स्थापित गर्न नवीनतम सोचसहित विभिन्न नयाँ भेञ्चर थप्दै लगिने जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?