चन्द्रकान्त खनाल/बुटवल । बुटवल उपमहानगरपालिकाले सरसफाइ अभियानअन्तर्गत गोलपार्कदेखि अस्पताल लाइनसम्मको सडकमा सरसफाइ गरेको छ । चाडबाडलाई लक्षित गरेर उपमहानगरपालिकाले बुधबारदेखि तीनदिने सरसफाइ अभियान सञ्चालन गरेको हो ।
सरसफाइ अभियानअन्तर्गत बसपार्क क्षेत्र, राजमार्ग, लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्र, आम्दा अस्पताल क्षेत्र र सबै वडा कार्यालयहरूले वडा क्षेत्रभित्र सरसफाइ गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । सरसफाइसँगै डेंगु नियन्त्रण अभियान र सचेतना अभियान सञ्चालन हुने उहाँले बताउनुभयो ।
बुटवल नगरलाई सफा, सुन्दर राख्नका लागि सबै नगरवासीको सकारात्मक भूमिका आवश्यक पर्ने भएकाले आफ्नो घर, टोल र नगर सफा राख्नका लागि आग्रह गर्नुभयो । उहाँले हरेकजसो रोग फोहोरमैला र प्रदूषित वातावरणबाट फैलिने भएकाले सरसफाइमा ध्यान दिन नगरवासीलाई आग्रह गर्नुभयो । उहाँले चाडबाड सकिएलगत्तै नियमित सरसफाइका लागि नीति बनाएर बुटवललाई सफा र सुन्दर बनाउने बताउनुभयो ।
अभियानअन्तर्गत आज (शुक्रबार) अस्पताल लाइन र राजमार्ग चौराहादेखि योगीकुटीसम्मको सडक क्षेत्र सरसफाइ गर्ने कार्यक्रम रहेको उपप्रमुख तथा नगरस्तरीय सरसफाइ अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालले जानकारी दिनुभयो । अभियानकै क्रममा सडक क्षेत्रका खाल्डाखुल्डी पुर्ने, नाली व्यवस्थित गर्ने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।
मुख्य सडकमा सञ्चालन हुने अभियानमा उपमहानगरपालिकाको सरसफाइ टिम, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामाजिक संघसंस्था सहभागी हुने र वडाहरूमा वडास्तरीय टिमले अभियान सञ्चालन गर्ने वातावरण तथा अनुगमन महाशाखा प्रमुख तुलसा अर्यालले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच