सिभिल बैंकको एटिएम सौराहामा

Read Time = 1 min

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अघि बढिरहेको सिभिल बैंकले चितवनको सौराहा चोकमा १०२औं एटिएम सञ्चालनमा ल्याएको छ । एटिएमको रत्ननगर नगरपालिका-६ का अध्यक्ष किरण महतो र होटल व्यवसायी संघ सौराहाका अध्यक्ष दीपकप्रसाद भट्टराईले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।

करिब आठ लाख ग्राहकलाई एक सय १५ शाखा र १३ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आएको सिभिल बैंकले गत असार मसान्तसम्म ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?