जुम्ली घोडा संरक्षणका लागि घोडा दौड प्रतियोगिता

Read Time = 3 mins

-विजय रावत
जुम्ला ।जुम्ली घोडाको संरक्षण गर्ने र पहिचान विश्वभर फैलाउनका लागि जुम्ली घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली स्पोर्ट क्लबको आयोजना गरकेो प्रतियोगितामा यो वर्ष ३५ घोडा सहभागी भएका थिए । करिब १७ वर्ष अघि जुम्ला विमानस्थलमा हुँदै आएको प्रतियोगिता बन्द भएपछि कर्णाली स्पोर्ट क्लबले पुनस् सञ्चालन गरेको अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो । जुम्ली घोडाको संरक्षण, पहिचान र प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले प्रतियोगितालाई निरन्तरता दिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

समाज विकासका लागि, असल परम्परा बचाइराख्न आवश्यक छ अध्यक्ष शाहीले भन्नुभयो ,'चौडा सडक र अग्ला घर हुनुलाई विकास बुझ्ने मानसिकताले नै हाम्रा मौलिकता लोप हुने स्थितिमा पुगेका छन्। तीन तहै सरकारले कुनैपनि खालको सहयोग नगरेपनि आफूहरुले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने गतिविधि गरिरहेको हो ।'

कदमतर्फ प्रथम चन्दननाथ नगरपालिका-८ निवासी आनन्द धराला, द्वितीयमा गुठीचौर गाउँपालिका १ निवासी हरिप्रसाद बस्नेत र तृतीयमा सोही गाउँपालिकाका -२ निवासी काली प्रसाद बोहोराका घोडाले पुरस्कार पाए भने खुलातर्फ दौड प्रतियोगितामा प्रथम, द्तििय र तृतीयमा क्रमश: विकास बोहोरा, शंकर रोकाया र विपेन बोहोराका घोडाले पुरस्कार प्राप्त गरेको आयोजक कर्णाली स्पोर्ट क्लबले जनाएको छ ।

त्यस्तै पालिततर्फ प्रथम स्थान विजयी हासिल गर्ने सफल चन्दननाथ नगरपालिका -१० का हर्क बहादुर शाही , द्वितीयमा गुठीचौर गाउँपालिका -५ का विर्ख बहादुर भण्डारी र तृतीय स्थानमा गुठीचौर गाउँपालिका- २ का मुनसुर बोहोराका घोडाले पुरस्कार पाएको आयोजक कर्णाली स्पोर्ट क्लबले जनाएको छ ।

प्रतियोगिताको सबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: पाँच, तीन र दुई हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?