व्यक्तिको व्यक्तिगत जीवन आफ्नो जिम्मेवारी र पारिवारिक उकुसमुकुसमा बितेको हुन्छ । उसका सबै मनका चाहना, इच्छा पारिवारिक वितरण र परिवारका इच्छापूर्तिमा बितेका हुन्छन् । उसका क्रियाकलाप र कर्म पारिवारिक मान्यतालाई जीवन्तता दिने उद्देश्यले प्रेरित भएका हुन्छन् । त्यसैले व्यक्तिगत जीवनको पहिचान पारिवारिक जीवनको सहज वितरणमा बितेको हुन्छ । सार्वजनिक जीवन त्यस किसिमको हुँदैन । सार्वजनिक जीवनमा उसका हरेक क्रियाकलाप र उसले सार्वजनिक गरेका अभिव्यक्तिले राष्ट्र र उसले बहन गरेको संस्थाको पहिचानका रूपमा रहेको हुन्छ । सार्वजनिक जीवनको महत्त्व उक्त पदमा पदासीन व्यक्तिको मात्र हुँदैन । उसले दिएका अभिव्यक्तिले उसको जीवनमा मात्र नभएर सार्वजनिक रूपमा नै अर्थ राखेको हुन्छ ।
नरेन्द्र मोदीमा आफ्नो संस्कार, परम्परा र उनी जुन संस्कृतिमा हुर्के त्यो संस्कृतिप्रति दृढ आस्था छ । आध्यात्मिक चेतनाले भरिएको उनको जीवन आस्था र विश्वासले सुदृढ पनि बनेको छ । भर्खर अयोध्यामा भएको रामको प्राणप्रतिष्ठामा उनले एघार दिनसम्म अन्न ग्रहण गरेनन् ।
मानिसले बोकेको सार्वजनिक पदलाई उसको व्यक्तिगत आधार र उसले पहिले गरेका कर्मसित जोडेर हेर्ने चलन रहिआएको छ । जीवनका हरेक कर्मलाई राष्ट्रप्रति समर्पित गर्ने व्यक्ति र उसले निर्वाह गरेको भूमिकाका आधारमा आगामी दिनमा मुलुकका जनताले उसलाई र उसका कर्मलाई चिनेका हुन्छन् । यही आधारमा उसको जीवनका हरेक कर्मलाई मानिसले बाहिर ल्याउने गरेका हुन्छन् । त्यसैले मानिसको सार्वजनिक जीवन सोचेजस्तो सरल र सहज हुँदैन । आफूले निर्वाह गरेको भूमिकाका आधारमा उसको सार्वजनिक जीवन व्यतीत भएको हुन्छ ।
दृढता
सार्वजनिक पदमा बसेको मानिसमा आफू र आफ्ना सहचरसित दृढ विश्वास हुनु अनिवार्य मानिन्छ । दृढता र विश्वासले मात्र शक्ति आर्जन गर्न सकिने हुनाले त्यसमा दृढताको आवश्यक परेको हुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमा दृढता भरिएको छ । प्रधानमन्त्रीका रूपमा उनले लगभग दश वर्ष काम गरिसकेका छन् । अब यही वर्ष भारतमा लोकसभाको निर्वाचन हुँदैछ । यो वर्ष हुने निर्वाचनमा पनि उनलाई नै प्रधानमन्त्रीका रूपमा भारतीय जनता पार्टीले अघि सार्ने अवस्था पूर्णरूपमा देखिएको छ ।
केही दिन पहिले उनले भारतको लोकसभामा र राज्यसभामा दृढतापूर्वक आफूले गरेका कामको उल्लेख गरे । उनको अभिव्यक्तिमा देखिएको दृढता र उनले गरेको अध्ययनलाई हेर्दा उनी एक सबल प्रधानमन्त्री सावित भएको देखिन्छ । भारतीय लोकतन्त्रको इतिहासमा जवाहरलाल नेहरूपछि तीन कार्यकाल प्रधानमन्त्री हुने सौभाग्य नरेन्द्र मोदीलाई प्राप्त हुने अड्कल काट्न सकिन्छ । उनमा देखिएको दृढताले उनलाई त्यहाँ पु¥याएको तथ्यलाई नकार्न सकिँदैन । उनले गरेका काम र उनको लोकप्रियता घटेको देखिँदैन । उनको व्यक्तित्वले उनलाई लोकप्रिय बनाएको छैन ।
उनले गरेका काम र कामप्रति उनले देखाएको दृढतालाई भारतीय सञ्चारमाध्यमले मात्र होइन विदेशी सञ्चारमाध्यमले पनि बताएका छन् । उनी भारतमा मात्र लोकप्रिय बनेनन् । उनलाई विश्वको राजनीतिमा पनि अर्थपूर्ण तरिकाले हेर्न थालियो । मानिसलाई उसका कर्मले चिनाउने हो । मानिस आफैँमा भगवान् होइन । ऊ मानिसका रूपमा नै रहेको हुन्छ । उनलाई कतिपय व्यक्तिले भगवान्को पगरी गुथाइदिए त्यो सर्वथा गलत हो । मानिसलाई भगवान्को पदवि प्राप्त पनि हुँदैन । नरेन्द्र मोदी भगवान् होइनन् । उनी मानिस हुन् । उनका कामले र उनले गरेका कर्मले उनलाई भारतीय राजनीतिमा विशिष्टता पक्कै प्राप्त छ ।
मानिसलाई विश्वासले माथि उठाउने हो । उनले आफूले गरेका काममा जसरी दृढतापूर्वक आफ्ना भनाइ राख्छन् त्यो उनीभित्रको गतिलो पक्ष हो । सार्वजनिक पद धारण गरेको व्यक्तिले कहिले पनि हावामा कुरा गर्दैन । आफूले यथेष्ट प्रमाण जुटाएरमात्र आफूलाई सार्वजनिक मञ्चमा उतारेको हुन्छ । त्यो पहिचान मोदीले आफ्नो शासनकालमा स्थापित गरेका छन् । भ्रष्टाचारका नामका विपक्षीलाई निसाना बनाइएको छ भन्ने सन्दर्भमा उनी भन्छन् देशलाई लुट्ने अधिकार कसैलाई छैन । लुटेको हो भने देशलाई फिर्ता गर्नुपर्दछ । यो अभिव्यक्ति उनको लोकसभामा थियो । कुनै काम गर्ने सरकारी निकायप्रति उनको दबाब पनि देखिँदैन । राज्यको दोहन कसैले गर्न पाउँदैन भन्ने अभिव्यक्ति नै उनको आफू र आफ्ना संयन्त्रप्रतिको दृढ विश्वास हो । यही विश्वासले उनलाई यहाँसम्म पुर्याएको देखिन्छ ।
आस्था र विश्वास
नरेन्द्र मोदीमा आफ्नो संस्कार, परम्परा र उनी जुन संस्कृतिमा हुर्के त्यो संस्कृतिप्रति दृढ आस्था छ । आध्यात्मिक चेतनाले भरिएको उनको जीवन आस्था र विश्वासले सुदृढ बनेको छ । भर्खर अयोध्यामा भएको रामको प्राणप्रतिष्ठामा उनले एघार दिनसम्म अन्न ग्रहण गरेनन् । यी एघार दिनसम्म कसैसित नराम्रो बोलेनन् । उनी जमिनमा सुते । उनलाई सत्तोसराप गर्नेमाथि कुनै अभद्र टिप्पणी गरेनन् । उनी यी एघार दिन पूर्णरूपमा आस्थाले भरिएको विश्वासमा थिए । शासन चलाए र विभिन्न धार्मिक स्थानको भ्रमणमा रहे । उनले गरेका कर्मले उनलाई भारतीय राजनीतिक इतिहासको ठूलो पहिचानमा पुर्याएको छ ।
उनको बाहिर आएको व्यक्तित्वमा जुन पहिचान उनले कमाए त्यसका लागि लामो समयको तपस्या, आस्था र विश्वास हो । आस्था र विश्वासले मानिसलाई धेरै उचाइमा पु¥याउान सक्छ भन्ने प्रमाण उनी स्वयं बनेका छन् । मन्दिरमा जाँदा उनको पोसाक र उनको विश्वास सारै आस्थाले सजिएको देखिन्छ । अध्यात्मप्रतिको आस्था र सनातन परम्पराप्रतिको दृढ विश्वासले उनलाई भारतीय राजनीतिको इतिहासमा सम्भवतः तीनपटक प्रधानमन्त्री हुने अवसर मिल्नसक्ने अवस्था देखिएको छ ।
उनका बारेमा गरिने टिप्पणी सबै ठीक छन् भन्ने पनि नहोला ? केही कुरा उनका वैयक्तिक हुने अवस्थाका मानिँदैनन् । उनले व्यक्त गरेका अभिव्यक्ति सार्वजनिक परिस्थितिका हुनेगरेका छन् । उनले संसदमा दिएको अभिव्यक्ति व्यक्तिगत हुँदैन । उनी प्रमाणसहित प्रस्तुत हुन्छन् । ठोस प्रमाणका आधारमा गरिने उनको टिप्पणीमा भारतीय राजनीतिका कुनै पार्टी वा व्यक्ति नै नाजबाफ बनेका हुन्छन् । यो उनको आस्था र विश्वासको पहिचान हो । भारतीय राजनीतिको इतिहासमा यस्तो आस्था र विश्वासले भरिएको प्रधानमन्त्रीका रूपमा उनलाई लिइएको देखिन्छ । राजनीति हो अड्कल काट्नु सत्य हुनसक्छ असत्य पनि हुन सक्छ ।
राजनीति विश्वासमा चल्नु आवश्यक छ । हाम्रो छिमेकी मुलुक भारतमा पनि गठबन्धनको सरकारले आफ्नो कार्यकाललाई पूर्ण गरेको छ । भारतीय जनता पार्टी आफूले पूर्णरूपमा बहुमत ल्याए पनि गठबन्धनको संस्कारलाई छोडेन । नेपालमा समानुपातिक निर्वाचन प्रणाली रहँदाका अवस्थासम्म कुनै पनि पार्टीको बहुमत आउने अवस्था छैन ।
उनको विश्वास र आस्थाले उनलाई जुन धुरीमा पुर्यायो त्यो भारतीय राजनीतिको इतिहासमै सबल मान्यताको पहिचान मान्न सकिने आधार हो । यही वर्ष हुने भारतीय लोकसभा निर्वाचनको परिणाम कस्तो आउने हो हेर्न बाँकी नै छ । निर्वाचन होला परिणाम आउला । त्यो भविष्यको गहिराइमै विद्यमान् रहेको छ तर आस्था आफू र आफूले नेतृत्व गरेको दश वर्षको इतिहासले उनलाई फेरि पनि पदासीन बनाउने आधार भने खडा गरिदिएको देखिन्छ ।
हाम्राले पनि सिकून्
राजनीतिमा स्वार्थ भयो भने राजनीतिले गति लिन सक्दैन । स्वार्थका कारण नै हस्तिनापुरको शासन सत्ता गएका प्रमाण महाभारतमा स्पष्टरूपमा देखिएको छ । स्वार्थले प्रेरित राजनीतिले देशको विकासलाई गतिशीलता दिन सक्दैन । हाम्रो देशको राजनीतिले विश्वको राजनीतिमा नभएका निर्णयहरूलाई गरेको छ । २०६४ पछि देखिएका निर्णयहरूले नेपालको राजनीतिलाई विश्वसामु चिनाएको पक्कै हो । सामाजको सामाजिक व्यवस्था र आर्थिक अवस्थाले पनि कोल्टे नफेरेको होइन ? समाजका हरेक क्रियाकलाप विकासका साथै परिवर्तन पनि भएका छन् ।
राजनीतिमा नितान्त आफूबाहेकका आफ्नालाई ठाउँ दिनु हुँदैन । राष्ट्रको हितलाई ध्यानमा राखेर गरिने राजनीति आफू र आफ्नामा रमाउनु हुँदैन । यो सत्य हो तर हाम्रो देशको राजनीति त्यस बाटोमा गतिशील हुन सकेन । राजनीति गरियो जनताका लागि होइन । आफू र आफन्तका लागि मात्र । विकास निर्माणमा र भ्रष्टाचारमा देखिएको अपारदर्शी नीतिले नेपालको राजनीतिलाई सही बाटोमा लगेको देखिँदैन । जताततै देखिने भ्रष्टाचारको जालोलाई चिर्न नसक्ने हाम्रा संयन्त्रलाई स्वतन्त्र रूपमा काम गर्ने अवसर दिन सक्नुपर्दछ । भ्रष्टाचारीलाई पक्राउ गर्ने आदेशले जनतामा एक किसिमको आशा पलाएको हुन्छ ।
केही दिन बित्न नपाउँदै त्यो आशामा तुषारापात हुन्छ किन ? यो अवस्थाले नै आजको नेपाली राजनीतिप्रति आस्थावान् हुनसकेको छैन । जनतामा त्यो आशा र विश्वास जगाउनु राजनीतिकर्मीको काम हो । जनताका आशा अनगिन्ती छन् । ती आशामा विश्वास भर्ने काम राजनीतिकर्मीको हो । नेपालीले विश्वासपूर्वक गरेको आन्दोलनले गणतन्त्रको जग बसेको हो । त्यो गणतन्त्रको जगलाई बलियो बनाउने काम स्वयं राजनीतिक दलको हो । जनताका आशालाई निराशामा बदल्ने अधिकार कुनै पनि राजनीतिक दललाई छैन ।
राजनीति विश्वासमा चल्नु आवश्यक छ । हाम्रो छिमेकी मुलुक भारतमा पनि गठबन्धनको सरकारले आफ्नो कार्यकाललाई पूर्ण गरेको छ । भारतीय जनता पार्टी आफूले पूर्णरूपमा बहुमत ल्याए पनि गठबन्धनको संस्कारलाई छोडेन । नेपालमा समानुपातिक निर्वाचन प्रणाली रहँदाका अवस्थासम्म कुनै पनि पार्टीको बहुमत आउने अवस्था छैन । त्यसैले विश्वास, आस्था र दृढतापूर्वक शासन व्यवस्थालाई गति दिनु आवश्यक छ । दृढता, विश्वास र आस्थालाई मोदीबाट सिक्ने कि ? हाम्रो देशमा राजनीति गर्ने व्यक्ति वा राजनीतिकर्मीले । आफूले नेतृत्व गर्ने पार्टी र आफूले सञ्चालन गर्ने सरकारप्रति आस्थावान, आफूले गरेको काममा नेतृत्वको दृढ विश्वास हुनु आवश्यक छ । सिकौँ देश र जनताका आकाङ्क्षालाई सबल बनाउने कर्मतिर लागौँ अब व्यक्तिगत स्वार्थलाई बिर्सेर ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच