छवि ओझाद्वारा रेखा थापालाई जितको शुभकामना

Read Time = 2 mins

काठमाडौं । चलचित्र निर्माता छवि ओझाले कलाकारसमेत रहेकी राप्रपा नेतृ रेखा थापालाई प्रतिनिधिसभा सदस्यमा जितको शुभकामना दिनुभएको छ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मोरङ ३ मा उम्मेदवारी दर्ता गर्नुभएकी रेखालाई छविले जितको शुभकामना दिनुभएको हो ।

पूर्वपतिसमेत रहनुभएका छविले रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई आफूले नजिकबाट चिनेको बताउनु भएको छ। रेखाको राजनीतिक यात्रा सफल रहनेमा विश्वस्त रहेका छविले चलचित्रमार्फत नारी आवाजलाई बुलन्द गर्दै दशौं वर्षसम्म शीर्ष स्थानमा रहन सफल, क्रान्तिकारी मान्यता बोकेकी आँटिली हिम्मतवाली नायिकाको रुपमा चित्रण गर्दै रेखालाई जितको शुभकामना दिनुभएको हो ।

रेखासँग सम्बन्धविच्छेद गरी छविले शिल्पा पोखरेलसँग विवाह गर्नुभएको थियो । तर, शिल्पासँग सम्बन्ध धेरै समय टिकेन । तर, छविले पूर्वपत्नी रेखालाई जितको शुभकामना दिनुभएको हो ।

रेखालाई जितको शुभकामना दिँदै छविले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?