बागलुङमा पहिरोले बगायो बाल विकास केन्द्र र घर

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङको निसीखोलामा एक बाल विकास केन्द्र र घर भत्किएको छ । निसीखोला गाउँपालिका–६ स्थित नरमला बाल विकास केन्द्रको तीनकोठे पक्की भवन र शौचालय पहिरोले बगाएको छ । सोही वडाको भल्कोट गाउँका स्थानीय लालबहादुर बुढा मगरको घरगोठ पहिरोले पुरिँदा लाखौंको क्षति भएको छ ।

पहिरोले बाल विकास केन्द्र बगाउँदा त्यहाँ अध्ययन गर्ने बालबालिकाहरू समस्यामा परेको निसीखोला गाउँपालिका-६ का वडाध्यक्ष हेमबहादुर बुढा मगरले बताउनुभयो । वर्षाले बाल विकास केन्द्रसँगै विभिन्न बस्तीहरूसमेत पहिरोको जोखिममा परेको उहाँले बताउनुभयो ।
‘पहिरोले बाल विकास केन्द्र र शौचालय बगाएको छ, त्यो जोखिम ठाउँमा पनि थिएन, लगातारको वर्षाले गर्दा अचानक तलदेखि गएको पहिरोले बगाएको छ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो, ‘अब कक्षा सुरु हुने बेला भयो, बालबालिकालाई कहाँ व्यवस्थापन गरेर सिकाउने हो, पालिकामा पनि कुरा राख्छौं ।’

उहाँका अनुसार पहिरोले लालबहादुरको घरगोठ पुरिँदा १५ लाख बढीको क्षति भएको छ । पहिरोले घरगोठसँगै अन्नपात, लत्ताकपडा, चारवटा गोरु, एउटा भंैसी, एउटा राँगो र ६ वटा बाख्रासमेत पुरिएको उहाँको भनाइ छ ।

पहिरोपीडित लालबहादुरले अहिले छिमेकीको आश्रय लिएर बसेको बताउनुभयो । पहिरो आउने बेला आफूहरू बाहिर काम गरिरहेको हुँदा ज्यान बचाउन सफल भएको उहाँको भनाइ छ । ‘पहिरोले मेरो सबै धनसम्पत्ति बगायो, लत्ताकपडा, पशुचौपाया केही छैनन् सबै पुर्‍यो, अहिले त आफन्तकोमा बसेका छौं,’ उहाँले भन्नुभयो, ‘हामीमाथि त दैव लाग्यो, अहिले घर न घाटको बनायो, यस्तो झरीको बेला ।’
वर्षाले ग्रामीण सडक र मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध बनाएको छ । यी सडकहरू खुलाउन अझै केही दिन लाग्ने निसीखोला गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?