सर्लाही ४ : गठबन्धनको सहमतिविना माओवादीको स्वतन्त्र उम्मेदवार, फिर्ता लिन दबाब

Read Time = 2 mins

सर्लाही । सत्तारुढ गठबन्धनको सहमतिविना माओवादी केन्द्रको स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ । गठबन्धनको सहमतिअनुसार सो क्षेत्र कांग्रेसले पाएको थियो । जसअनुसार गठन्धनको साझा उम्मेदवारको रुपमा कांग्रेसका नागेन्द्रकुमार रायले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गर्नुभयो ।

तर, गठबन्धनको साझा उम्मेदवारले मनोनयन दर्ता गरे पनि माओवादीका शिवपुजन राय यादवले आफ्नी छोरी मधुमालालाई स्वतन्त्र उम्मेदवार बनाउनु भएको छ ।

जसले गठबन्धन आवद्ध दलमा आशंका उत्पन्न गराएको छ । गठबन्धनको साझा उम्मेदवार रायलाई सघाउने गरी मधुमालाको उम्मेदवारी फिर्ता नभए माओवादीको उम्मेदवारलाई कांग्रेसका नेता कार्यकर्ताले भोट नदिने गरी मधेश प्रदेशमा तयारी थालिएको एक नेताले जानकारी दिए ।

सत्ता गठबन्धनका तर्फबाट सर्लाही–४ मा कांग्रेसका नागेन्द्रकुमार रायको उम्मेदवारी दर्ता भएको छ भने ४ ‘क’ मा कांग्रेसकै वीरेन्द्र सिंह र ४ ‘ख’ मा माओवादीका फकिरा महतोले प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गर्नुभएको छ ।

तर, गठबन्धनका साझा उम्मेदवारको ‘बागी’को रुपमा शिवपुजनले छोरीलाई स्वतन्त्र उम्मेदवार बनाएको सर्लाहीका कांग्रेस नेता कार्यकर्ताको बुझाइ छ ।

शिवपुजनकी श्रीमती मीना मधेसी महिला क्लस्टरबाट समानुपातिक उम्मेदवार हुनु हुन्छ । उहाँ कलस्टरको पहिलो नम्बरमा हुनु हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?