बागी उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेस बैतडीको आग्रह

हिमालय टाइम्स
Read Time = 2 mins

डम्बर बोहरा/हिटा
बैतडी । नेपाली कांग्रेस बैतडीले बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै गठबन्धनका विरुद्ध दर्ता उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो ।

‘आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सहयोग गर्नुस् ’ जिल्ला सभापति चतुरबहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

नेपाली कांग्रेसका महासमिति सदस्य केशवबहादुर चन्दले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ भने अर्का महासमिति सदस्य हरिमोहन भण्डारीले प्रदेश (क) बाट बागी उम्मेदवारी दिनुभएको छ ।

संघमा सत्ता गठबन्धनबाट नेकपा माओवादीका नरेन्द्र कुवँर (विजयसुन्दर) ले टिकट पाउनुभएको थियो भने प्रदेश (क) मा नेपाली कांग्रेसका वीरबहादुर बिष्ट र प्रदेश (ख) मा पनि नेपाली कांग्रेसकै शिवराज भट्टले टिकट पाउनुभएको छ । टिकट वितरणमा असन्तुष्टि जनाउँदै चन्द र भण्डारीले बागी उम्मेदवारी दर्ता गराउनुभएको हो ।

हरिमोहन भण्डारीले प्रदेश (क) बाट आफुले दाबी राख्दाराख्दै अन्यलाई टिकट दिएको भन्दै आफुले उम्मेदवारी दिएको बताउँदै आउनुभएको छ भने केशवबहादुर चन्दले पनि जिल्लामा नेपाली कांग्रेसको बर्चश्व हुदाँहुदै माओवादीलाई संघको टिकट दिएको भन्दै उम्मेदवारी दिएको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?