सैन्य र मानवीय सहायता जारी राख्न जी सेभेनसँग जेलेन्स्कीको आग्रह

हिमालय टाइम्स
Read Time = 1 min

मस्को । धनी राष्ट्रहरूको समूह जी-७ का नेताहरूले युक्रेनलाई सहयोग जारी राख्ने आश्वासन दिएका छन् ।

सोमबार युक्रेनमाथि भएको रुसी क्षेप्यास्त्र हमलालाई मध्यनजर गर्दै उनीहरूले ‘जतिञ्जेल लाग्छ त्यतिञ्जेल’ सहयोग गर्ने बताएका हुन् ।

मंगलबार आकस्मिक भर्चुअल कुराकानी गर्दै जी सेभेन नेताहरूले युक्रेनलाई सैन्य र मानवीय सहायता जारी राख्ने बताए । नेटोले पनि आवश्यक भएसम्म युक्रेनको साथमा रहने बताएको छ ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जी-७ नेताहरूलाई रुसलाई रोक्न पर्याप्त हवाई रक्षा सामर्थ्य उपलब्ध गराउन आग्रह गरेका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?