सिद्धार्थ क्यापिटलको १० औं वार्षिकोत्सव

Read Time = 2 mins

काठमाडौं । सिद्धार्थ क्यापिटलले १० औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रमको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र सिद्धार्थ क्यापिटलका अध्यक्ष मोहित केडियाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो । सो अवसरमा सिद्धार्थ क्यापिटलको १० वर्षको यात्रा प्रस्तुत गरिनुका साथै १० औं वार्षिकोत्सवका अवसरमा नयाँ स्मृति चिहृन पनि विमोचन गरिएको थियो ।

वार्षिकोत्सवका अवसरमा कम्पनीले विभिन्न आकर्षक योजना पनि घोषणा गरेको छ । १० जना व्यक्तिलाई हितग्राही खातामा १० वर्षको वार्षिक शुल्क छुट, सिद्धार्थ एसआइपीमा सहभागी हुने ५० भाग्यशालीलाई सिद्धार्थ व्यवस्थित लगानी योजनाका सयवटा इकाई प्रदान गर्ने र लगानी व्यवस्थापन सेवा प्राप्त गर्नेे ग्राहकलाई ५० प्रतिशत वार्षिक शुल्क छुटलगायत रहेका छन् । साथै कम्पनीले स्नात्तकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी अनुसन्धानमूलक लेखन प्रतियोगिता पनि आयोजना गर्ने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?