लगातार वर्षाले पाक्नै लागेको मार्सीधानबालीमा क्षति, तथ्यांक संकलन गर्दै स्थानीय तह

Read Time = 4 mins

-विजय रावत
जुम्ला । लगातार अविरल बर्षाले जुम्लामा पाक्नै लागेको मार्सीधान बालीका फाटमा क्षति गर्दा यहाँका किसानलाई सकस भएको छ । एक सातादेखि परेको अविरल वर्षाले जुम्लामा धानबालीमा पूर्णरुपमा क्षति पुग्‍याएको छ ।

जिल्ला भरका किसानका क्षतिको एकिन तथ्यांक संकलन गर्ने स्थानीय तहका कृषि शाखासंग सहकार्य गरेर कृषि विकास कार्यालयले किसानको धानबाली , सिमि र अन्य कृषि क्षेत्रको पारेको क्षतिको विवरण संकलन गर्ने लगाएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जानकारी दिनुभयो । खेतमा धान ढलेका छन् । पाक्नै लागेको धान वर्षाले ढालेपछि किसान चिन्तित छन् । भित्र्याउने बेलाको धानबाली ढलेपछि समस्या भएको छ । पाकेको धान ढलेकोले खेतमै दाना झरेको छ ।पाकेको बाली घर भित्र्याउने याममा बर्षाले क्षति गरेपछि यहाँका किसानलाई घरपरिवार चलाउन गाह्रो हुने तिला गाउँपालिका १ का किसान जयबहादुर बुढाले बताउनुभयो । वर्षाले जिल्लाको प्रायस् सबै क्षेत्रका धान ढलेको किसान बताउँछन् । धेरै जसो सिंजा क्षेत्रमा धानबालीमा क्षति गरेको सिजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बताउनुभयो । पालिकाको धान उत्पादन हुने ठाउँका सबै खेतवारी बगरमा परिणत भएको सिजा गाउँपालिकाले जनाएको छ । तिला गाउँपालिकाको नुवाकोट , कुडारी र सापुल्ली क्षेत्रका खेतबारीमा लगाएको धानबाली पर्णरुपमा क्षति गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो ।

तातोपानी, गुठीचौर र चन्दननाथ नगरपालिका खेतहरुमा केही क्षति गरेपनि खेतमा धान ढलेको स्थानीय तहका कृषि शाखाले जनाएका छन् । हिउँदमा पशुपालनका लागि काटिएको घाँस समेत मेलामै कुहिएको छ । मौसम विद्हरुले निरन्तर वर्षा हुने बताएपछि छिटो घाँस काटेर भित्र्याउने तयारी थालेका किसान मेलामै घाँस कुहिने अवस्था आएपछि दुःखित छन् । हिमा १ का युनेश परिवारले घाँस मेलामै भिजेको बताउनुभयो । हिउँदमा पशुपालनमा ठूलो समस्या आउने खतरा छ । वर्षायाममा जताततै हरियाली हुने भएकोले चरीचरण क्षेत्र धेरै हुन्छ । तर हिउँदमा सुख्खा हुने भएकोले किसानले घाँस संकलन गरेर राखेका हुन्छन् । घाँसले मंसिरदेखि फागुन महिनासम्म पशुबस्तुको आहाराको काम गर्छ ।यो सिजन जुम्लावासीले हिउँदेबाली भित्र्याउने समय हो ।

दसैंअघिदेखि घाँस काटिरहेका थिए । कोदो, चिनो र मकै भित्र्याउने र आलु निकाल्ने समय भएकोले पनि निकै व्यस्त देखिन्थे । वर्षाले घरभित्र्याउनै आँटेको बाली भिजायो । काटेको घाँस मेलामै कुहिएको यहाँका स्थानीयवासि बताउँछन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार जुम्लामा २ हजार ९५० हेक्टरमा धानखेती गरिएको छ । जिल्लाका आठवटै स्थानीय तहमा धानखेती हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?