महालक्ष्मी कर्पोरेट क्रिकेटको उपाधि प्राइमलाई

Read Time = 2 mins

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो । म्यान अफ द म्याचको उपाधि प्राइम बैंकका क्रितार्थ शाक्यले पाउनुभएको छ । यसअघि प्राइम र एनआइसी एसिया तथा महालक्ष्मी विकास र माछापुच्छ्रे बैंकबीच सेमिफाइनल खेल भएको थियो ।

पहिलो सेमिफाइनलमा प्राइम बैंकले एनआइसी एसिया बैंकलाई ३१ रनले हराएको थियो । सो खेलमा प्राइम बैंकका प्रवेश श्रेष्ठ म्यान अफ म्याच घोषित हुनुभएको थियो । महालक्ष्मी विकास बैंक र माछापुच्छ्रे बैंकबीच सम्पन्न दोस्रो सेमिफाइनलमा माछापुच्छ्रेले पाँच विकेटको जित निकालेको थियो भने माछापुच्छ्रेका निशेष केसी म्यान अफ द म्याच घोषित हुनुभएको थियो ।

प्रतियोगितामा कामना सेवा विकास बैंकका समिर थापा उत्कृष्ट ब्याट्सम्यान र कामना सेवा विकास बैंककै छेतेनदोर्जे शेर्पा उत्कृष्ट बलर घोषित हुनुभएको छ भने उत्कृष्ट फिल्डर उपाधि एनआइसी एसिया बैंकका सञ्जय गिरी, उत्कृष्ट विकेट किपर उपाधि एनआइसी एसिया बैंककै रितेश अधिकारीले पाएका छन् । प्रतियोगितामा माछापुच्छे, सिटिजन्स, हिमालयन, राष्ट्रिय वाणिज्य बैंक, सनराइज, प्रभु, एनएमबी, एनआइसी एसिया, प्राइम, कुमारी, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आइसिएफसी फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंकको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?