तनहुँ । अभिनेता पल शाह (पूर्णविक्रम शाहको पेसी तेस्रोपटक स्थगित भएको छ । नाबालिगलाई जबर्जस्ती करणीको अभियोगको मुद्दाको पेसी बुधबार तेस्रोपटक स्थगित भएको हो । बुधबारका लागि जिल्ला अदालत तनहुँमा तोकिएको पेसी स्थगित भएको अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी गराउनुभयो । गौतमका अनुसार मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको तयारीका कारण पेसी स्थगित भएको हो ।
जिल्ला अदालतका न्यायाधीश मुख्य निर्वाचन अधिकृत तथा सरकारी वकिल तनहुँ-२ को निर्वाचन अधिकृतका रुपमा खटिएकाका कारण अभिनेता शाहविरुद्धको मुद्दाको पेसी स्थगित भएको हो । न्यायाधीश र सरकारी वकिल नै निर्वाचनको काममा खटिएकाले बुधबारको पेसी सरकारी वकिलको कार्यालयले स्थगित गर्नका लागि पत्रचार गरेको बताइएको छ । यसअघि गत असोज २ गते तथा भदौ १५ गते पनि अभिनेता शाहविरुद्धको मुद्दाको पेसी स्थगित भएको थियो ।
कलाकार शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर, नवलपुरले उनलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुव्र्यवहारको अभियोगमा साढे दुई वर्षको कैद सजाय, १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेको छ ।
गत ११ फागुनमा नाबालिग माथि पटकपटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसको चार दिनपछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि गत ३० चैतदेखि थुनामा रहेका शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच