आइएमई लाइफले चुक्ता पुँजी पाँच अर्ब पुर्‍याउने

Read Time = 2 mins

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिक साधारणसभाले चुक्ता पुँजी पाँच अर्ब पुर्‍याउन आवश्यक तयारीका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ । बुधबार कम्पनीका सञ्चालक समिति अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा भएको साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरण पारित गरेको छ ।

जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब पुर्‍याउनुपर्ने प्रावधान बीमा समितिले ल्याएको छ । सोहीबमोजिम कम्पनीले पुँजी वृद्धिका लागि संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पुँजीको शत प्रतिशत बराबरको सेयर पुँजी थप गर्ने, सेयर पुँजी थपपछि सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गर्नेलगायत कम्पनीको प्रबन्ध-पत्रको उद्देश्यमा कम्पनीले आवश्यकताअनुसार विभिन्न सहायक कम्पनी स्थापना गर्ने उद्देश्य थप गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले सातै प्रदेशमा शाखा सञ्जाल विस्तार गरी हाल एक सय ४० शाखा तथा उपशाखामार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?