जुम्लामा बाढीपहिरोबाट एक हजार बढी घरपरिवार विस्थापित

हिमालय टाइम्स
Read Time = 4 mins

विजय रावत/हिटा
जुम्ला । जुम्लामा बाढीपहिरोबाट एक हजार ११३ घरपरिवार विस्थापित भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रदेशका सबैभन्दा बढी घरपरिवारदेखि मानवीय क्षति जुम्लामा भएको छ । बाढीपहिरोले जिल्लामा जनधनमा ठूलो क्षति पु¥याएको कार्यालयले जनाएको छ ।

लगातारको वर्षाले पारेको क्षतिको विवरण सार्वजनिक गर्दै जिल्लाको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले पालिकाभित्रका ५१ घर पूर्णरूपमा भत्केको जानकारी दिनुभयो । उहाँका अनुसार १२० घर जोमिखपूर्ण अवस्थामा छन् । दश किलोमिटरभन्दा बढी सडक अवरुद्ध भएको छ । सिंजाका सबै वडामा सानादेखि ठूला काठेपुल बगाएको छ ।

नाग्म गमगडी सडकको सिंजा क्षेत्रमा पर्ने करिब दश किलोमिटर सडक अवरुद्ध भएको छ । ६ स्थानमा सडक भत्केको छ । पालिकाभित्रको आठ सय रोपनी खेतीयोग्य जमिन र पाक्न लागेको धानबाली पूरै नष्ट भएको सिंजा गाउँपालिका अध्यक्ष धितालले बताउनुभयो । वडा नम्बर ४ देखि ६ सम्म सिमी, आलु र मकैलगायत बाली बाढी र पहिरोले सखाप पारेको छ । १५ वटा विद्यालय भवनमा आंशिकरूपमा क्षति पुगेको छ । पालिकाभर करिब ६ हजार स्याउ बिरुवामा क्षति गरेको सिंजा गाउँपालिकाले सार्वजनिक गरेको क्षतिको विवरणमा उल्लेख छ ।

तिला गाउँपालिकामा ४० देखि ७० घरमा पूर्ण क्षति पु¥याएको अनुमान गरिएको छ । पालिकाका उपाध्यक्ष गोरीकला बुढाले भन्नुभयो, ‘अहिले नौवटै वडामा बाढीपहिरोले गरेको क्षतिको विवरण संकलन हुँदैछ । एक सयभन्दा बढी घरमा आंशिक क्षति पुगेको छ । घर नै भत्केका परिवारलाई उचित स्थानमा बास दिन र राहत उद्धारमा प्राथमिकतामा राखेर काम भइरहेको तिला गाउँपालिका उपाध्यक्ष बुढाले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार जिल्लामा १८७ घरमा पूर्ण क्षति भएको छ । ३७० घरमा आंशिक क्षति र २३४ घर उच्च जोखिममा रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार विपद्का कारण मृत्यु हुनेमा जुम्लामा दशजना, मुगुमा आठ, कालिकोटमा पाँच र हुम्लामा चारजना रहेका छन् । यस्तै, जाजरकोटका तीनजना, डोल्पा र सल्यानका दुई÷दुईजना र दैलेखमा एकजना रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यसैबीच, सिंजा क्षेत्रका तीन गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ । बाढी र पहिरोबाट सबैभन्दा बढी क्षति पुगेको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष स्थानीयले माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जनधनको अत्यधिक क्षति भएकाले संघीय सरकारलाई राहत, उद्धार तथा पुनस्र्थापनाका लागि आ≈वान गरेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?