थप ८० जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १११७ नमूना परीक्षण गर्दा ८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४६६ र एन्टीजेनबाट ६५१ नमुना परीक्षण गर्दा पीसीआरबाट ६४ र एन्टिजेनबाट १६ जनामा काेराेना पोजिटिभ देखिएकाे हाे ।

यो अवधिमा १२ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २७९ पुगेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?