प्रभु साह एमालेको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एमालेले स्थायी समिति सदस्य प्रभु साहलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ ।

शुक्रबार एमाले महासचिव शंकर पोखरेलले साहलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्नुभएको हो । साहसँगै उपेन्द्र साह र कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीबाट निकालिएको छ ।

साथै, एमालेले मधेस प्रदेशको सहइन्चार्जको जिम्मेवारी उद्धव रेग्मीलाई दिएको छ । एमालेले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहलगायत केही नेता पार्टीविरोधी गतिविधिमा लागेको भन्दै जिल्ला कमिटी पनि विघटन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?