कालीकोट सदरमुकाममै खानेपानीको समस्या

पहिरोले बगाएको सदरमुकामको खानेपानी पाईप लाइन

Read Time = 3 mins

-मानबहादुर बिश्वकर्मा
कालीकोट । कालीकोटको सदरमुकाम मान्म बजारमा खानेपानीको समस्या भएको छ । गत बुधबारबाट पाँच दिनसम्म परेको अबिरल वर्षातको बाढीपहिरोले पाईपलाईन बगाउँदा मान्म बजारमा खानेपानी बन्द भएको हो ।

पहिरोले रोटेपानीदेखि तालाखोर मुहान सम्मको पाइपलाईन बगाएको छ । पहिरोले ठूलो क्षति भएपछि मंगलबार स्थानीय बासिन्दा र वडा नम्बार १ का अध्यक्ष धर्मराज ताम्राकार मर्मतका लागि पानीको मुहान पुग्नुभयोे ? तर त्यहाँको अबस्था देख्दा बजार बासीलाई ‘पानी खुवाउन नसकेकोमा क्षमाप्रार्थी छौं, ‘अध्यक्ष ताम्राकारले भन्नुभयो, ‘सकेसम्म बैकल्पीक उपायबाट एक हप्तामा पानी सञ्चालन गर्ने छौं उहाँले भन्नुभयो ।

खाँडाचक्र नगरपालिकाको रोटेपानी देखि तालाखोर सम्म पर्ने सडक माथिबाट आएको पहिरोले खानेपानीको पाइपलाईन बगाएको छ । मुहानमा पनि ठाउँ ठाउँमा पहिरो छ ।’
कालीकोटको सदरमुकाम मान्म बजारमा एकहप्ता देखि खानेपानीको समस्यामा छ । रोटेपानी देखि ताला खोरसम्म पर्ने खानेपानी मुहानमा खाँडाचक्र नगरपालिकाले डोजरमार्फत जंगल फडानी गरी सडक निर्माण गर्दा यस्तो समस्या भएको स्थानीयले बताएका छन् ।

चुलिमालिका लेककै नाममा दाँहाँ, पाखा र मान्म बजारबाट दुईवटा गरी चार वटा सडक निर्माण गर्न थालिएको छ । यसले परापूर्वकाल देखी संरक्षण गर्दै आएको वनजंगल फडानीका साथै कृतिम पहिरो सिर्जना समेत गरेको छ । जसको शिकार सदरमुकाम मान्म बजारको खानेपानी पनि बनेको छ ।

मान्म बजारदेखी उक्त खानेपानीको मुहानतिर न कुनै मानव बस्ती छ । न उक्त सडक आवश्यक छ । तर डोजर मार्फत धमाधम बन फँडानी गरी सडक निर्माण गरेकै कारण पहिरो नजाने वन पनि पहिरोमा परिणत भएको छ ।
यसकै कारण मान्म बजारमा व्यापार व्यवसाय गर्ने तथा अन्य झण्डै एक हजार परिवारहरुले खानेपानीको संकट खेप्नु परेको छ । खानेपानीको अनुगमनका लागि पहिरो स्थल पुगेका खाँडाचक्र नगरपालिका–१ का वडा अध्यक्ष धर्मराज ताम्राकारले पहिरोले धेरै क्षति गरेको हँुदा मर्मतमा समस्या भएको बताउनुभयो ।

सदरमुकाम बासीलाई खानेपानीको दिगो ब्यवस्थापन गर्न नसक्दा बजार ब्यावसायी सधैं आझेलमा पर्ने गरेका छन् । नगरपालिकाले खानेपानीको समस्या हुँन नदिन अहिले सम्म कुनै नयाँ योजना भने अपनाएको छैन।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?