मसला पिस्ने मिल चलाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

Read Time = 1 min

सल्यान । सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका १० पैयाखर्क घर भएका ५० वर्षीय झुपबहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा रहेको मसला पिस्ने मिल चलाउँदा करेन्ट लागेर सोमबार साँझ ५ बजेतिर घटनास्थलमै बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?