भुज समुदायको भुजा भुट्ने पेशा संकटमा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 6 mins

नवलपरासी । नवलपरासीको सरावल गाउँपालिकाको वडा न २ मनरीमा बस्ने लिलावती कहाँर पछिल्लो समय चिन्तीत छ्नं । उमेरले ५० बर्ष पूरा गरेकी उनी दुइ छोरी, एक छोरा र बुहारी रहेको परिवार के कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिएकि हुन् । उनी चिन्तामा परेको कारण हो उनको पेशा ।

बिगत देखि नै भुजा भुट्ने पेशा गर्दै आएकी लिलावती कहाँरले ३५ बर्ष देखी घरको अगाडी सानो खरले छाएको झोपडी बनाई भुजा भुट्न सुरू गरेको बताउँछिन । उनले भनिन्- 'म जान्ने भए देखि नै भुजा भुटेर नै जीवन निर्वाह गर्दै आएकी छु । अहिले पेसा संकटमा परेको छ त्यसैले म चिन्तित छु ।'

भुज (भार) समुदायले परम्परागतरुपमा गर्दै आइरहेको भुजा भुट्ने पेशा आधुनिक मेसीन प्रयोगमा आए पछि संकटमा परेको हो । बिगत देखि नै परम्परागत रुपमा भुजा भुटेर परीवार पाल्दै आइरहेको कहाँरको भनाई छ । लिलावती सँगै छोराबुहारीले भुजा भुट्न सघाउँदै आएका छन् । त्यही घर अगाडि छाप्रो मै भुजा भुट्ने माटोका ठूलाठूला चार पाँच भार चुलो बनाइएकी छिन । पहिला १२ महिना यो पेशा चल्ने गरेको थियो । तर अहिले सिजन बाहेक अरुबेला नचल्दा पेशा झन संकटमा परेको बताउदै महिनाकाे २५ केजी चामल बटुल्न धौ धौ परेको र यसले परिवार पाल्न गाह्रो भएको कहाँरको भनाई छ ।

कहाँरले दउराको अभाव हुँदा भुजा भुट्ने सिसौको पात र भुसाले भारको आगो सल्काउने गरेको बताईन । उनी भन्छिन- गाउँघरका मानिसले आफै चामल, चिउरा, चना, भटमास र बदाम जस्ता कच्चा पदार्थहरु आफैले लिएर भुजा भुट्ने गरेका छौँ । अहिले सम्म त जिबिका चलेको छ अब चल्ने भएन ।'

पश्चिम नवलपरासीमा भुज (भार) समुदायको पराम्परागत भुजा भुट्ने पेशा संकटमा परेको चिन्तित छन् । अहिले पश्चिम नवलपरासीमा भुजा भुट्ने आधुनिक मेसीन प्रयोगमा आएपछि पराम्परागत भुजा भुट्ने पेशा संकटमा परेको हो । उनीहरुले सानो छोप्रो बनाएर बषौ देखी भुजा भुट्दै आएका पुख्यौली पेशा आधुनिक मेसीन प्रयोगमा आएपछि पेशा संकट परेको गुनासो गरेका छन ।

कहाँर मात्रै हैन यही पेशा अंगाल की रामग्राम नगरपालिकाको वडा १७ देवगाँउकी ५८ बर्षिया बिन्द्रवती कहाँरको अवस्था पनि उस्तै छ । पहिला महिनामा १ क्वीन्टल (चामल, चिउरा, चना, भटमास र बदाम) कच्चा पदार्थ आर्जन हुने गरेको तर अहिले महिनाको ३ पाथी (चामल, चिउरा, चना, भटमास र बदाम) कच्चा पदार्थ पुर्‍याउन र आर्जन गर्न धौ धौ परेको बिन्द्रवतीको भनाई छ । उनले यही पेशाबाट तीन छोरा र एक छोरी पाल्दै आएको बताउदै भुजा भुट्ने पेशाले तीन छोरा र एक छोरीकाे बिवाह पनि गरिसकेको बताईन ।

उनले गाउँमा सानो खरको छाप्रो बनाई ८ वटा माटोको घैटो बनाई दिनहुँ भुजा भुट्ने गरेको छन् । उनीकहाँ धेरै टाढा र नजिककाको चार र पाँच वटा गाउँघरकै मानिसहरुले आफै चामल, चिउरा, चना, भटमास र बदाम जस्ता कच्चा पदार्थहरु आफै लिएर आउने गरेको त्यसमा उनी आफ्नो ज्याला लिई भुजा भुट्ने गरेको बिन्द्रवतीले बताईन । उनी बाह्रै महिना यो पेशामा समर्पित रही दैनिकी यहि पेशामा रमाउँदै आइकी छन् । चिन्ता व्यक्त गर्दै आफ्नो पेशाको अन्तिम पुस्ता रहेको बिन्द्रवतीले बताइन् । उनलाई दाउराको अभाव हुँदा भुजा भुट्ने सिसौको पात र भुसाले भार आगो सल्काउने गरेको बताउछिन ।

भुजा तराईका बासिन्दाका लागि परम्परागत खाजाका रूपमा परिचित छ। पूजा आजा, व्रतबन्ध तथा घर परिवारका भोजभतेरमा माछा, मासु, तरकारी, अचारसँग भुजा मन पराउनेको संख्या धेरै हुन्छ। दिउँसो खाजामा भुटेको भटमास, भुजा, आलुको चोखाभन्दा जस्ता खाने कुरा निकै मन पराइन्छ । भुजाको बजार राम्रो छ तर भुजा भुट्नेहरुको पेसा नै अहिले संकटमा परेको छ । आधुनिक मेसिनबाट भन्दा परम्परागत रूपमा तताइएको बालुवामा भुटेको भुजा स्वादिलो र स्वस्थकर हुने बताइन्छ ।

मेसिनले भुजा भुट्दा छिटो र छरिताे त हुने तर टेष्टी नहुने सरावल-२ का मनोज यादव बताउँछन । माटोको भाडोमा भुटेको भुजा राम्रो हुने तर अहिले धेरै ठाउमा मेसिनले नै भुटेका भुजा पाइने गरेकाे यादवकाे भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?