इलाम दुर्घटनामा एक बालकको मृत्यु

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 1 min

इलाम। मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३६ घाइते भएका छन ।

मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिकाका १२ वर्षे अर्पण लामा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । लामाको रुखमा अड्किएर मृत्यु भएको बताईएको छ । अहिले घाईतेहरुलाई झापाको बिएन्डसी अस्पताल पठाइएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । बसमा सवार ३७ मध्ये ३६ यात्रु दुर्घटनामा घाइते भएका हुन् ।

धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर जाँदैगर्दा अर्याल चोक नजिकै आईतबार करिब ५ बजे तिर राजमार्गबाट खसेर दुर्घटना भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?