पर्यटकले भरिए लमजुङका होमस्टे

हिमालय टाइम्स
Read Time = 3 mins

लमजुङ । लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरूमा समेत बढ्न थालेको छ । दशैँमा हुने लामो बिदामा धेरै व्यक्तिहरू विभिन्न स्थानमा घुम्न निस्किन्छन् । लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दशैँ मनाउने आन्तरिक पर्यटकहरूको संख्या पनि बढेको छ । दशैँ र तिहार बिदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टेतिर लागेका छन् ।

सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला दशैँ र तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ । ‘बिदा मनाउनका लागि समूह–समूह बनेर आउने क्रम जारी छ,’ काउलेपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले भन्नुभयो, ‘गाउँका सबै होमस्टे घरहरू पर्यटकले भरिएका छन् ।’ उहाँका अनुसार होमस्टेमा दशैँ मनाउनका लागि ५०/६० जना आन्तरिक पर्यटक आएका छन् ।

पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरूको व्यस्तता पनि बढ्न थालेको होमस्टे सञ्चालक कविन्द्र गुरुङले बताउनुभयो । ‘कुनै घर पनि खाली छैन हामीलाई भ्याइनभ्याई भएको छ,’ उहाँले भन्नुभयो, ‘राती बास बस्न नपाउनेहरू बिहानमात्रै आएका छन् ।’
सुखी गाउँ घलेगाउँमा पनि डेढ सयभन्दा बढी पर्यटक घलेगाउँ आएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । उहाँका अनुसार दशैँ र तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे प्याक भएको छ ।

होमस्टे, प्राकृतिक दृश्यावलोकनका लागि पर्यटकीय गाउँहरूमा पर्यटकको ओइरो लागेको हो । घलेगाउँ, काउलेपानीसहित राइनासकोट होमस्टेमा पनि पर्यटक भरिएका छन् । घलेगाउँ, काउलेपानी, राइनासकोट होमस्टेमात्र हैन बेंसीशहरको खासुर, खुदीको सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेनमा पर्यटकको ओइरो लागेको स्थानीयले बताएका छन् ।

गाउँमा पर्यटकको चाप बढेर भ्याइनभ्याई भए पनि गाउँलेहरू भने खुसी भएका छन् । पर्यटकीय गाउँहरूमा कृषिसँगै पर्यटन नै मुख्य पेशा रहेको छ । पर्यटकहरूको स्वागत सत्कार गरेर नै स्थानीयले मनग्ये आम्दानी गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?