राष्ट्रिय महिला भलिबल : प्रदेश नम्बर एक विजयी

Read Time = 2 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको शनिबार सम्पन्न लिगचरणको खेलमा प्रदेश नम्बर एकले मधेशप्रदेशलाई ३–० को सोजो सेटमा पराजित गर्दै जित निकालेको छ ।

मधेश प्रदेशमाथि २५–१३, २५–२२, २५–१५ को जित निकालेको हो ।
बेनीको खुल्ला मञ्चमा खचाखच भरिएका दर्शकहरुले दुवै प्रदेशका पक्षमा बाडिएर हुटिङ गरेका थिए ।

खेल निकै प्रतिस्पर्धापूर्ण भएपनि मधेश प्रदेशले जित निकाल्न सकेन । आजकै पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सोजो सेटमा पराजित गर्दै जित निकालेको थियो । कर्णाली प्रदेशमाथि आर्मी क्लबले २५–१२, २५–१३, २५–१२ को जित निकालेको हो ।
लगातार दुई खेलमा पराजित भएपछि कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएको छ । भोलि आइतबार पहिलो खेल विभागीय समूह त्रिभुवन आर्मी क्लब र एपिएफ दोस्रो बागमति र मधेश प्रदेशकाबीच हुने प्रतियोगिताको अफिसियल व्यवस्थापक तथा जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

सोमबारदेखि क्वाटर फाइनलका खेलहरु संचालन हुने उनले जानकारी दिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?