महासंघ र आइएफसीबीच सहकार्य

Read Time = 4 mins

काठमाडौं । नेपाली निजी क्षेत्रको अवस्था मूल्यांकन गरी निजी क्षेत्रले अर्थतन्त्रमा पुर्‍याएको योगदान प्रकाश पार्दै निजी क्षेत्रको विकासमा नीति निर्मातालाई जानकारी गराउन नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले सहकार्य गर्ने भएका छन् । सहकार्यबाट एक संयुक्त प्रतिवेदन तयार हुने र प्रतिवेदनले देशमा निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावबारेमा तथ्यांक, अवधारणा, विश्लेषण र नीतिगत सुझाव प्रस्तुत गर्ने महासंघले जनाएको छ । उक्त कार्यले सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाबीच निजी क्षेत्रको विकासका सवालबारे नीतिगत बहसका लागि आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्य लिएको छ ।

महासंघका अनुसार सन् १९९० यता नेपालको निजी क्षेत्रको वृद्धि गुणात्मक रहेको छ । ९९ प्रतिशतभन्दा बढी औपचारिक व्यवसाय निजी क्षेत्रको स्वामित्वमा छन् । शिक्षा तथा स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा गरिएका उल्लेख्य लगानी समावेश छ । त्यसैगरी पुँंजी निर्माण तथा रोजगारीका अवसर सिर्जनामा निजी क्षेत्रको बढ्दो उपस्थिति रहेको छ । मुलुकभित्र लाखौं जनशक्ति निजी क्षेत्र विशेषगरी कृषिमा आबद्ध रहेका छन् । यति हुँदाहुँंदै पनि दक्षिण एसियाली मुलुकमध्ये औद्योगिक क्षेत्रमा नेपालको औसत श्रम उत्पादकत्व हालसम्म पनि न्यून रहेको छ ।

सहकार्यबाट एक संयुक्त प्रतिवेदन तयार हुने र प्रतिवेदनले देशमा निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावबारेमा तथ्यांक, अवधारणा, विश्लेषण र नीतिगत सुझाव प्रस्तुत गर्ने महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले भन्नुभयो, ‘नेपालको विकाससम्बन्धी लक्ष्य हासिल गर्न निजी क्षेत्रको थप विकास तथा सुदृढीकरण आवश्यक छ । बृहत् तथा सुसूचित नीतिगत सुधार एवं सार्वजनिक तथा निजी क्षेत्रबीचको बहसबाट मात्रै यो हासिल गर्न सम्भव रहेको छ । त्यसैले यस प्रतिवेदनमा सरकारी तथ्यांक पनि प्रयोग गर्न सकिएमा यस विषयमा सहयोग पु¥याउन यो प्रतिवेदनको महत्वपूर्ण भूमिका हुनेछ ।’

उदयीमान बजारहरूको निजी क्षेत्रमा केन्द्रित रहेको विश्वको सबैभन्दा ठूलो विकास साझेदारका रूपमा आइएफसी नेपालमा बजार तथा अवसर विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको छ । घरेलु तथा विदेशी लगानीकर्ताका लागि लगानी गर्ने वातावरणमा थप सुधार गर्न आवश्यक रहेको महासंघले जनाएको छ ।

आइएफसी नेपालका लागि आवासीय प्रतिनिधि बाबाकार एस फायेले भन्नुभयो, ‘सार्वजनिक–निजी क्षेत्रबीचको नीतिगत बहस थप सुसूचित गर्नुका साथै नेपाली नागरिकको हितका लागि निजी क्षेत्रले विकासमा पार्ने प्रभाव अभिवृद्धि गर्र्न निजी क्षेत्रको अवस्थाबारे सघनरूपमा अनुसन्धान गरिएको विश्लेषणात्मक आवधिक प्रतिवेदन महत्वपूर्ण हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?