रोकियो नोरा फतेहीको बंगलादेश कन्सर्ट

Read Time = 2 mins

मुम्बई । बलिउडकी लोकप्रिय डान्सर नोरा फतेहीलाई ढाकामा नृत्य गर्न रोक लगाइएको छ । धेरै बलिउड गीतमा भिडियोमा डान्स र एक्स्प्रेशनका कारण चर्चामा आउनुभएकी फतेही बंगलादेश सरकारले ढाकामा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी जनाउन रोक लगाएको हो ।

बंगलादेश सरकारले डलर बचाउन यो निर्णय लिएको हो । बंगलादेशको सांस्कृतिक मामिलाको मन्त्रालयले एक सूचना जारी गर्दै भारतीय फिल्म उद्योगमा आफ्नो कामका लागि लोकप्रिय नोरा फतेहीलाई वैश्विक स्थितिलाई मध्यनजर गर्दै र विदेशी मुद्रा भण्डारलाई बचाउन ढाकामा प्रस्तुति दिन अनुमति नदिइएको उल्लेख गरेको छ ।

नोरालाई वुमेन लिडरसिप कर्पोरेसनले आयोजना गर्न लागेको एक कार्यक्रममा नृत्य प्रस्तुत गर्न र अवार्ड दिन बोलाइएको थियो । सांस्कृतिक मन्त्रालयले घट्दो विदेशी मुद्रा भण्डारबीच डलरको भुक्तानीमा केन्द्रीय बैंकको प्रतिबन्धलाई दाबी गरेको छ । जुन १२ अक्टोबरसम्म घटेर ३६ दशमलव ३३ बिलियन डलर भएको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?