ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एकै घरका दाजुभाइसहित चार जनाको मृत्यु भएको छ ।

जिल्लाको मैवाखोला गाउँपालिका–१ तेल्लावुङबाट वडा नम्बर–५ काम्माङ जाँदै गरेको ५६५५ नम्बरको ट्याक्टर मंगलबार राति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङकाअनुसार मृत्यु हुनेमा वडा नम्बर–५ कामसाङका ३१ वर्षीय चालक पासाङ शेर्पा र उहाँका २४ वर्षीय भाइ फुर्वा शेर्पा रहनुभएको छ ।

त्यस्तै ट्याक्टरमा सवार वडा नम्बर–४ ओदकका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लाकी शेर्पाको पनि घटनास्थलमै मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

घटनास्थलमा साँघु प्रहरी चौकीबाट र सदरमुकाम फुङलिङबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ । घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?