चितवनमा पनि देखियो कोरोना

हिमालय टाइम्स
Read Time = 2 mins

चितवन । चितवनमा १० महिनापछि पुन कोरोना सङ्क्रमण देखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

निमोनियाका कारण उपचारका लागि अस्पताल आउनुभएका वृद्धको कोरोना परीक्षणका क्रममा सङ्क्रमण पुष्टी भएपछि उहाँलाई अस्पतालमै राखी उपचार सुरु गरिएको सूचना अधिकारी पौडेलले बताउनुभयो । साथै २९ वर्षे पुरुषलाई होम आइसोलेसनमा राखिएको उहाँको भनाइ छ ।

जिल्लामा १० महिनापछि पुनः कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । जिल्लामा पछिल्लो पटक गत चैतमा कोरोना सङ्क्रमण देखिएको थियो ।

कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउनका लागि अनुरोध गरेको छ । कार्यालयले कोरोना सङ्क्रमणबाट बच्न सामाजिक दुरी कायम गर्ने, माक्सको प्रयोग गर्ने, साबुन पानीले हात धुन सुझाव दिएको छ ।

यस अघि पश्चिम नेपाल र मधेश प्रदेश अन्तर्गत भारतीय सीमानाका वीरगञ्जमा पनि कोरोना संक्रमित भेटिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?