कृष्ण सिटौलाको क्षेत्रमा राजेन्द्र लिङदेनले एमालेसँगको दुरी घटाउँदै

हिमालय टाइम्स
Read Time = 3 mins

झापा । झापाको बाह्रदशीमा नेकपा एमाले र राप्रपाको वडा स्तरिय संयुक्त कार्यकर्ता भेला सम्पन्न भएको छ । दुई दलबीचको संयुक्त भेलाले नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौला समस्यामा पर्दै जानुभएको छ । यस अघिको निर्वाचनमा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले एमालेको सहयोगमा सिटौलालाई पराजित गर्नुभएको थियो । यस पटक पनि उहाँहरु दुई बीच प्रतिस्पर्धा हुँदैछ । झापाको सदरमुकाम चन्द्रगढी भद्रपुरसहितको क्षेत्र रहेको झापा-३ को चुनावी प्रतिस्पर्धा यस पटक पनि रोचक हुने देखिएको छ ।

यसैबीच एमाले र राप्रपाले संयुक्त कार्यकर्ता भेला गरेर मत संकलन गर्ने र प्रतिस्पर्धीलाई हराउने दाउमा गाउँगाउँमा भेलाको आयोजना गरिरहेका छन् । भेलामा नेकपा एमाले निर्वाचन परिचालन कमिटी बाह्रदशी-३ का संयोजक वीरेन्द्र राजवंशीको अध्यक्षता तथा प्रतिनिधि सभा उम्मेदवार राप्रपा राष्ट्रिय अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बिशेष अतिथिहरु प्रदेश सभाका उम्मेदवार छबिलाल चुडाल, नेकपा एमाले केन्द्रीय सदस्य हरिबहादुर राजवंशी, राप्रपा केन्द्रीय सदस्य रामकुमार राजवंशी, प्रेमकुमार श्रेष्ठ नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य सोमनाथ पोर्तेल, सदस्य जीवनकुमार श्रेष्ठ रहनुभएको थियो ।

रागजढ राधाकृष्ण मन्दिरको सभा हलमा भएको उक्त कार्यक्रममा दुबै पार्टीका नेताहरु देवेन्द्र श्रेष्ठ , कमला कार्की राजवंशी, पिबि राजवंशी, ओमनारायण राजवंशी, लक्ष्मण पाठक, गोपाल हेमरम, तोयानाथ पोखरेल, घनेन्द्र ढकाल, नरेश चुडाल, गंगाप्रसाद अधिकारी , पृतम धमला, बिरेन्द्र राजवंशीसमेतको उपस्थिति रहेको थियो ।

भेलामा राजेन्द्र प्रसाद लिङ्देन, हरि राजबंशी, रामकुमार राजबंशी, सोमनाथ पोर्तेल, छवि चुडालले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
झापाको ३ नम्बर क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनमा एमालेले राप्रपालाई र प्रदेशमा राप्रपाले एमालेलाई सघाउने तालमेल भएको छ । यहाँ नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौला र लिङदेनबीच प्रतिस्पर्धा हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?