तिहार र नेपाली जनजीवन

Read Time = 16 mins

✍️ इन्द्रबहादुर शाक्य

तिहार नेपालको राष्ट्रिय पर्व हो । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म सबै नेपालीले यो पर्व मनाउँदछन् । सबै जातिले आ-आफ्नो ढंगले यस पर्वलाई विशेष पूजागरी धुमधामसँग मनाउदछन् । यो नै हाम्रो चाडपर्व संस्कृति हो । यो पर्व मनाउँदाखेरि, सुस्वास्थ्य लाभ, धन सम्पत्ति लाभ होस् भनेर लक्ष्मी, कुवेर र आफ्नो आफ्नो कुलदेवतालाई पनि पूजा गरी तिहार मनाइन्छ ।

लक्ष्मीपूजा (म्हःपूजा), गोबद्र्धन पूजा (आत्मा पूजा), भाइटीका आदि गरिन्छ । तृतीयाको दिन काग तिहार मनाइन्छ । यो दिनमा कागलाई पूजा गरी, खाना पनि खान दिइन्छ । यही दिनमा अयुर्वेदिक धन्वन्तरी जयन्ती पनि मनाइन्छ ।
चौथीको दिनमा कुकुर पूजा गरिन्छ । कुकुरलाई हाम्रो रक्षा गर्ने रक्षा पालको रूपमा लिने गरिन्छ । त्यसैले वर्षको एकचोटि कुकुरलाई पनि पूजा गरी कुकुर तिहार मनाइन्छ । यो दिन कुकुरलाई राम्रो खाना खुवाइन्छ ।

लक्ष्मी पूजा-कात्तिक कृष्ण औंसीका दिन लक्ष्मी माताको पूजा हुन्छ । देवी देवताहरूको मात्र स्थान कहाँतिर हुन्छ ? किन गरिन्छ भन्ने जिज्ञासा हुन सक्दछ । भगवती माताले दानवहरूलाई मारेर मानवलाई बचाउने काम गरिन् । सरस्वतीले मानवलाई शिक्षा दिइन् । गणेशले सिद्धि दिने काम गरे भने मानवलाई सम्पत्ति संरक्षण, सुरक्षा गर्नेजस्ता काम लक्ष्मीले गरिदिइन् । सम्पत्ति भएपछि सबैले आफ्नो अथवा आफूले इच्छा गरेजस्तो काम गर्न सफल हुन सकिन्छ । आफूले गरेको काम सफल तुल्याउन सम्पत्तिविना सम्भव हुन सक्दैन ।

यो समयमा गौपूजा पनि गरिन्छ । गाईले हामीलाई पौष्टिक आहारा दूध दिने भएकाले गाईको पनि पूजा गरिएको हो । लक्ष्मीपूजाकै दिनमा राति महिला र केटाकेटीहरूबाट भैलो खेल्न सुरु गरिन्छ । लक्ष्मीपूजा मनाउने नेपाल र भारतमा धेरै चलन छ ।

त्यसैले सम्पत्तिका लागि लक्ष्मीको पूजा आराधना गरियो भने धन सम्पत्ति जम्मा गर्न सकिन्छ । आफूलाई चाहिएका बेला खर्च गर्न काम चलाउन मद्धत हुन्छ । जस्तो खेत बारी भयो भने खेती गरी अन्न बाली, तरकारी, फलफूल, औषधि उत्पादन गर्न सकिन्छ । खेती नभएको र पैसा नभएको मानिस बाँच्न पनि सक्दैन । त्यसका लागि काम गरेर, परिश्रम गरेर कमाएको सम्पत्ति आखिर भएको बेला खर्च गर्नका लागि लक्ष्मी माताको नासो अथवा बैंकमा जम्मा गरेको जस्तो गरी लक्ष्मीलाई सम्पत्ति जिम्मा दिइराखेको हुन्छ । मानिसको सम्पत्ति सुरक्षा लक्ष्मी माताले गरिराखेकी छन् ।

त्यसैले लक्ष्मी माताको पूजा आराधना गरिन्छ । लक्ष्मीको आराधना गर्ने दिन अथवा पूजा गर्ने दिनलाई नै लक्ष्मीपूजा भनिन्छ । यो औंसीको दिनमा पर्दछ । यो पूजा गर्ने बेला आफ्नो आफ्नो समाजमा भएका रीतिरिवाज अनुसार पूजा गरिन्छ । लक्ष्मी माता महिला भएको हुनाले यस दिन छोरीहरूलाई लक्ष्मीको रूपमा लिइन्छ । आमा, छोरी, बुहारीलाई भगवती जस्तै लक्ष्मीको रूपमा पनि पूजा गरिन्छ । रक्षाका लागि भगवती र धन सम्पत्तिका लागि लक्ष्मीलाई पूजा गरी यो पर्व मनाइन्छ । लक्ष्मी देवी राम्रो सफा सुघर भएको ठाउँमा बस्न रुचाउने भएकाले त्यस दिन घरआँगन सबै रातो माटोले लिपेर सरसफाइ गरी, राति पनि दिउँसो जस्तो गरी बत्ती बाली लक्ष्मी भित्र्याउने काम गरिन्छ ।

बेलुकी लक्ष्मीको पूजा गर्न, खेतबाट उब्जनी भएका सबै वस्तु फलफूल, फूलको माला, धान, चामल, गेडागुडी, सुन, चाँदी र पित्तल, दाम राखेर पूजा गरिन्छ । सुन र चाँदीको दाम र गरगहना राखेर पूजा गरियो भने यो खिएर नजाने, खान नहुने भएकाले चाहिने बेलामा मात्र यो सामान बेचेर आफ्नो काम चलाउन सकिने भएकाले लक्ष्मीपूजाको दिनमा गरगहना सामान राखेर पूजा गर्दछन् । तिजको समयमा गहना बनाई महिलाले लक्ष्मीलाई भित्र्याउने दिन हो । तीजमा किनेको गहना तिहारमा लक्ष्मीको पूजा गर्ने बेलामा देवीलाई चढाइन्छ । त्यो पैसा मुद्दती बैंक खातामा राखेको जस्तो धन हो ।

लक्ष्मी पूजाको दिनमा व्यापारीहरूले र त्यति बेलाका शासकले साल तमाम गर्ने, राति लक्ष्मी पूजा गरिसकेपछि नयाँ वर्ष मनाउने चलन छ । सरकार र व्यापारी वर्गहरूले त्यतिबेलादेखि चलाएको चलन अहिलेसम्म पनि चलिरहेको छ । लक्ष्मी पूजाको दिनमा राति महिला र केटाकेटीहरूबाट भैलो खेल्न सुरु गरिन्छ । व्यापारीहरू साल तमाम गर्दछन् । प्युठानको स्वर्गद्वारीमा मेला लाग्दछ । रेसुङ्गा, चौतारा क्षेत्रमा पनि यो पर्व मनाई लक्ष्मी पूजा गरिन्छ । यस दिनमा धन सम्पत्ति प्राप्त हुने भएकाले सुखरात्रिको रूपमा लिइन्छ । धन सम्पत्ति धेरै कमाउन सकियोस् भनेर लक्ष्मी माँको पूजा गरिन्छ । वर्षभरिको हिसाबकिताब गरी साल तमाम गरी सबै नेपालीले लक्ष्मीकोे पूजा गर्ने चलन छ ।

यो समयमा गौपूजा पनि गरिन्छ । गाईले हामीलाई पौष्टिक आहारा दूध दिने भएकाले गाईको पनि पूजा गरिएको हो । लक्ष्मीपूजाकै दिनमा राति महिला र केटाकेटीहरूबाट भैलो खेल्न सुरु गरिन्छ । लक्ष्मीपूजा मनाउने नेपाल र भारतमा धेरै चलन छ । सत्य युगदेखि लक्ष्मीको पूजा गर्ने गरिएको हो । अहिले यसको विस्तार भएर बेलायत, फ्रान्स, जर्मन, अमेरिका, अफ्रिका, चीन आदि देशहरूमा समेत मनाउने चलन छ ।

गोवर्धन पूजा : लक्ष्मी पूजाको भोलिपल्ट प्रतिपदामा गोवर्धन पूजा (आत्मा पूजा) गरिन्छ । यसलाई गाई तिहार पनि भन्दछ । त्यो पर्वलाई आत्मापूजा पनि भन्दछ । नेवारी भाषामा म्हःपूजा भनिन्छ । लक्ष्मीपूजाको रातमा लक्ष्मीपूजा सकेपछि भोलिपल्ट यो गोवर्धन पूजा गरिन्छ । यो दिनमा नुहाई, धुवाई गरी सफा सुग्घर गरी वर्ष दिनभरि आम्दानी नोक्सानी हेरी, आम्दानी भएको अवसरमा त्यही खुशीयालीमा आत्मसन्तोष गरी आत्मापूजा गर्ने चलन छ । जे जति नाफा नोक्सानी भए पनि सन्तोष भएर आत्मालाई अर्को सालमा बढी काम गर्ने आम्दानी गर्ने मनोबल प्राप्त गर्नका लागि यो आत्मा पूजा गरी गोर्वधन पूजा गरी मनाउँदछ । राति अथवा बेलुकाको समयमा नेवारहरूले यसलाई म्हःपूजा भनेर गर्दछ ।

म्हःपूजा गर्ने बेलामा मण्डल बनाएर पूजा गरिन्छ । मण्डल भन्ने पृथ्वी मण्डल अथवा मातालाई लिएर पूजा गरिन्छ । पृथ्वी माता मण्डललाई पूजा गरेपछि पृथ्वी माताले अर्को नयाँ आउने वर्षमा धेरै काम गर्न, धन आर्जन गर्न, स्वास्थ्य लाभ होस् भन्ने कामना गर्दै यो मण्डल पूजा गरिन्छ वा आत्मा पूजा वा म्हःपूजा गरिन्छ । यो पूजा पनि राति गरिन्छ । त्यो पूजा गर्दा सगुन लिइन्छ । नेवारहरू सगुनमा दही, हाँसको फूल, सुकेको माछा, रक्सीको सगुन लिन्छन् । मण्डलमा पूजा गरी बत्ती बालेर सगुन लिन्छन् । सगुन लिने बेलामा सयपत्री फूल राखेर पूजा गरी म्हःजजंका (जनाई) राखेर पूजा गरी यो पर्व मनाइन्छ । त्यसपछि भोज खाने चलन छ ।

गोवर्धन पूजा पनि सत्ययुगदेखि चलेर आएको पर्व हो । यसलाई आत्मा पूजा गरी मनाइन्छ । लक्ष्मी पूजामा साल तमाम सकेपछि भोलिपल्ट नयाँ साल सुरु गरिन्छ । यो नयाँ वर्ष आदि समयदेखि चलेर आएको हो । भारत र नेपालमा पनि यो चलन छ । नेपालमा त्यही दिन नेपाल सम्वत्को सुरु गरिन्छ । नेपालमा धेरै सम्वत छन् । नेपालको सम्वत सिद्धदत्त जोशी र रागदेव राजाले चलाएका हुन् । यो सबभन्दा पछिको सम्वत हो । यो सम्वत प्रारम्भको अवसरमा नेवारहरूबाट नयाँ वर्ष मनाइन्छ । यस दिनमा पनि भैलो र द्यौसी खेल्ने चलन छ साथै नाचगान पनि हुन्छ । गोवर्धन पूजाको दिनमा तराई क्षेत्रमा हुराहुरी पर्व सुरु हुन्छ । त्यस्तै तराई तथा सुदूरपश्चिम क्षेत्रमा गौरा पर्व पनि मनाइन्छ । जनकपुरतिर अन्तकुट पर्व भनेर मान्ने गरिन्छ । स्वर्गद्वारीमा रथ यात्रा (जात्रा) गरी यो पर्व मनाउने चलन अहिलेसम्म पनि कायमै छ ।

भाइटीका ः भाइटीका तिहारको अन्तिम दिन हो । द्वितीया तिथिमा पर्ने भाइटीकाका दिनमा महिला दिदीबहिनीहरूबाट दाजुभाइको समृद्धि र दीर्घायुको कामना गर्दै भाइटीका गरिन्छ । भाइटीका गर्ने बेला दाजुभाइ, दिदी बहिनीहरू सबै एकै ठाउँमा बसेर गर्दछन् । कोही दाजुभाइ बिहे गरेर जाने दिदीबहिनीको घरमा गएर भाइटीका गर्दछन् । कोही दिदीबहिनी माइती गई दाजुभाइलाई भाइटीका र पूजा गर्दछन् ।

भाइटीका गर्ने बेला केही समाजमा मण्डल बनाएर भाइटीकाको पूजा गर्दछन् । कोही मण्डल नराखी भाइटीका गर्दछन् । यो टीका गर्ने बेलामा मखमली फूलको माला, धागोको जनाई, फलफूलमा केरा, बिमिरा, ओखर, सुन्तला, नरिवल, अमला, धेरै प्रकारका फलफूल मण्डल अगाडि राखेर मण्डलमा पूजा गरिसकेपछि दिदीबहिनीले त्यो फलफूल भाइ वा दाइलाई दिई भेट गर्दछन् । अनिपछि दही, हाँसको फूल, माछा रक्सी राखेर भाइ दाइलाई सगुन दिइन्छ । त्यस दिने दाजुभाइले दिदीबहिनीलाई दक्षिणा तथा उपहार दिन्छन् । यसरी दक्षिणा दिइसकेपछि टीका लगाइदिइन्छ । कसै कसैको मण्डल बनाउनु पर्दैन । दाजुभाइलाई अगाडि राखेर कलसको पानीले घुमाएर, दाजुभाइलाई पूजा गरी राखेर, सितुको माला, मखमली फूलको माला लगाएर सप्तरंगी टीका लगाई भाइटीका गर्दछन् ।

देशैभरी यो पर्व मनाउने चलन छ तर समाजअनुसार पूजा गर्ने तरिका फरक–फरक छ । यो पर्व प्रायः सबैले मनाउँदछन् । यो तिहार परापूर्व कालदेखि चलेर आएको पर्व हो । अहिले यो पर्व विदेशीले पनि मनाउन सुरु गरेका छन् । भाइटीकाको भोलिपल्ट लक्ष्मीको पूजा गरी प्रसाद ग्रहण गरी तिहार समाप्त भएको मानिन्छ । लक्ष्मीको प्रसाद ग्रहणको लागि विवाह भएर गएका छोरीहरूलाई माइतीमा बोलाई प्रसाद खुवाउने चलन छ ।

तिहारको अन्तिम दिनमा दिदीबहिनीबाट दाजुभाइको आयु लामो होस् सुःस्वास्थ्य, उन्नतिको कामना र दीर्घायुको कामना गर्दै भाइटीका गरिन्छ । दाजुभाइहरूले दिदी बहिनीहरूलाई उपहार दिएर, पैसा दिने चलन छ । साथै दिदीबहिनीले फलफूल, रोटी, खाना खुवाउने चलन छ । यो भाइटीका मनाउने चलन भारतमा धेरै छ । अहिले आएर संसारका धेरै ठाउँमा तिहार मान्ने चलन आएको छ । तिहारमा भैलो र द्यौसी खेल्ने रमाइलो गरिन्छ । प्रत्येक घरमा भैलो र द्यौसी खेल्दा रोटी पैसा संकलन गर्ने चलन पनि छ । तिहार पश्चिमतिर कर्णाली क्षेत्रमा पनि स्थानीयवासीले तीन दिनसम्म धुमधामसँग मनाउँदछन् ।
यो समयमा नाचगान गरी द्यौसी, भैलो खेली तिहार मनाउँदछन् । आफ्नो आफ्नो संस्कृतिअनुसार यो पर्व मनाउँदछन् ।

फापरको रोटी बनाई, जडिबुटीको फूलहरू राखी लक्ष्मीको पूजा गर्दछिन् । यो पर्वपूर्वदेखि दक्षिणसम्म नेपाल राज्यभरी सबै जातिका नेपालीहरूले आफ्नो आफ्नो रीतिरिवाजअनुसार मनाउने चलन छ । तराई क्षेत्रमा मधेसीहरूले लक्ष्मीको मूर्ति बनाई पूजा गर्ने चलन छ । यो तीन दिनसम्म पूजा, पाठ, भजन गरी इष्टमित्रहरूलाई रोटी खुवाउने चलन छ । भाइटीकाको भोलिपल्ट यो बनाएको मूर्तिलाई नदी अथवा पोखरीमा लगेर सेलाइन्छ । (शाक्य नेपाल हस्तकला महासंघको पूर्वअध्यक्ष हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?