आचारसंहिता कार्यान्वयन गर्न जुम्लाका राजनीतिक दल र उम्मेदवारसंग छलफल

हिमालय टाइम्स
Read Time = 3 mins

-विजय रावत

जुम्ला । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले यहाँका राजनीतिक दल र उम्मेदवारसंग निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वय गर्न छलफल गरेको छ ।

केन्द्रिय निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई सात बुँदे निर्देशन दिए लगायतै जुम्लाका राजनीतिक दल सम्बन्ध उम्मेदवारलाई आचारसंहिता पुर्णपालन गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल समेत गरिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताउनुभयो । उम्मेदवारले आचारसंहिता उलंघन गरेमा आयोगले जारी गरेको ऐन अनुसार काबाही गरिने निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिनुभयो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी आचारसंहिता विपरीतका अन्य व्यवस्थाको उल्लंघन भएमा प्रचलित कानून बमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुन सक्ने भएकाले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको व्यवस्था आफूले पालना गर्न र अरुसमेतलाई पालना गर्न लगाउन आयोगले निर्देशनसमेत दिएको छ ।

जुम्लाका स्थानीय तहका निर्वाचित जनप्रतिनिधि समेत पार्टीको प्रचार प्रसारमा सहभागी हुने र स्थानीय तहको स्रोत साधन प्रयोग भएकोले आयोगले अनुगमन गर्नुपर्ने नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तीलाल महतले बताउनुभयो । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालन गर्ने जुम्लाका राजनीतिक दल र उम्मेदवारले कार्यान्वयमा जोड दिने प्रतिबद्धता जनाएकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?