मतदाता भेट्न उम्मेदवार खेतवारीमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 6 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । जिल्लाको उपल्लो भेगमा कोदो र तल्लो क्षेत्रमा धान पाक्न थालेपछि कृषकहरुलाई बाली भित्र्याउने चटारो छ । विहानैदेखि बेलुकिसम्म नै कोदो काट्न कृषकहरु वारीमा व्यस्तहुने भएपछि भोट माग्द घरदैलोमा पुगेका उम्मेदवारहरु खेतवारी सम्मै पुग्नथालेका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरु यतिबेला घरदैलो अभियानमा छन् ।

निर्वाचन आयोगले उम्मेदवारहरुको प्रचार प्रसार अभियानको लागि सभा, समारोह, आम सभा गर्नका लागि मतदान हुने दिन अघिको १७ दिन मात्रै गर्न पाउने नियम बनाएपछि यतिबेला उम्मेदवारहरु घरदैलो अभियानमा छन् । म्याग्दीमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवार बन्नुभएका नेपालीकाँग्रेसका खमबहादुर गर्वुजा र प्रदेशसभा (क) मा उम्मेदवार बन्नुभएका माओवादीका हरि भण्डारी र (ख)मा उम्मेदवार बन्नुभएका रेशम जुग्जालीसहित निर्वाचन प्रचार प्रसारको टोली घरदैलो अभियानमा केन्द्रित भएका छन् ।

प्रदेशसभा क अन्तर्गतको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाका विभिन्न बस्तीहरुमा प्रतिनिधिसभा सदस्यपदकाउम्मेदवार गर्वुजा र प्रदेश सभा सदस्य पदका उम्मेद्वार भण्डारीको टोलीले घरदैलो गरिरहनु भएको छ । जिल्ला स्तर, दुबै प्रदेश सभा क्षेत्र र ६ वटै स्थानीय तहमा गठबन्धनको तर्फबाट संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको र वडा तहसम्म नै चुनाब प्रचार प्रसार समिति गठन र उम्मेदवारसहितको टोलीले घरदैलो अभियान गर्न सुरु गरेको मुल निर्वाचन परिचालन समितिका संयोजक कर्णबहादुर भण्डारी (केवी)ले जानकारी दिनुभयाे ।

गठबन्धनको तर्फबाट प्रदेश सभा (ख) का उम्मेदवार जुग्जालीसहितको टोली घरदैलो अभियान लिएर धवलागिरि गाउँपालिका-१ गुर्जा पुगेका छन् । मालिका गाउँपालिका भित्रका सबै वडाहरुमा चुनाब प्रचार प्रसार समिति गठन गरि अभियानको सुरुवात गरेको टोलीले धवलागिरी गाउँपालिकाको सबैभन्दा बिकट बस्ती मानिने गुर्जाबाट अभियानको थालनी गरेको हो । टोलीमा प्रदेश सभा (ख) का संयुक्त निर्वाचन प्रचार प्रसार समितिका संयोजक टंकप्रसाद पुन, प्रदेशसभा सदस्य पदका उम्मेदवार जुग्जाली, मालिका गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता श्रीप्रसाद रोका लगायत सहभागी छन्।

जिल्लामा गठबन्धनको मुख्य प्रतिस्पर्धी दल नेकपा एमालेले समेत घरदैलो अभियान चलाएको छ । एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठसहित प्रदेशसभा (क)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल क्षत्रीको टोलीले रघुगंगा गाउँपालिकाको विभिन्न वडा, टोल र वस्तीमा पुुगेर मतदाता समक्ष भेटघाट सुरु गर्नुभएको छ ।

एमालेको यस टोलीले रघुगंगा-८, कुईने मङ्गलेको घ्याँसीखर्क, चिमखोलाको लाम्मेला र दर्मिजा पुगेर मतदाता भेटघाटसहित घरदैलो अभियान गरेको हो । प्रदेशसभा (ख)मा पनि एमाले उम्मेदवार यामबहादुर गर्बुजासहितको टोलीले घरदैलो अभियान मार्फत मतदाता भेटघाट गरेका छन् । जिल्लामा राप्रपा, नेश्नल मंगोल अर्गनाइजेशनलगायतका दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरुले समेत घरदैलो अभियान चलाएका छन् ।
आगामी निर्वाचनलाई लक्षित गरेर जिल्लामा मतदाता शिक्षा कार्यक्रम समेत सञ्चालन गर्ने तयारी भैरहेको छ ।

दलहरुले प्रचार प्रसार गर्ने मुख्य अवधिमै स्थानीयतह मार्फत निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिनुभयो । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र र प्रदेश सभाका दुई गरि प्रत्येक्ष तर्फको तीन सिट रहेको म्याग्दीमा २० जना चुनाबी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभामा स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क) मा पाँच र (ख) मा छ जना उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?