स्याङ्जामा लोकसाहित्यिक संगोष्ठी एवम् श्रष्टा सम्मान

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । स्याङ्जामा लोकसाहित्यिक संगोष्ठी एवम् श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पस मालेबगरमा उक्त संगोष्ठी सम्पन्न भएको हो ।

स्याङ्जा साहित्य प्रतिष्ठानको आयोजनामा र त्रिभुवन आदर्श क्याम्पसको समन्वयमा भएको उक्त कार्यक्रमको पहिलो सत्रमा गोष्ठी सम्पन्न भयो भने दोस्रो सत्रमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका श्रष्टाहरुलाई सम्मान गरिएको थियो ।

पहिलो सत्रमा दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । त्रिभुवन क्याम्पसका उपप्राध्यापक प्रमोद पङ्ग्यानीले ‘कालीगण्डकी बेसीका सदाकालीन लोकगीत’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभयो । यस कार्यपत्रमाथि डा.टङ्क पन्थले टिप्पणी गर्नुभयो ।

कार्यक्रममा प्रा.डा.षडानन्द पौडेलले ‘नेपाली लोकगीतका चार तीर्थ’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभयो । उक्त कार्यपत्रमाथि प्रा.डा.सालिकराम सुवेदीले टिप्पणी प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कार्यपत्रमाथि प्रा.डा. विष्णु पौडेल, डा.नारायण चालिसे, डा.मेघराज ढकाल, डा.भूमिराज बस्ताकोटी र सुरज पौडेलले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो।

कार्यक्रमको दोस्रो सत्रमा साहित्यकार तथाश्रष्टाहरुलाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । स्याङ्जा साहित्य प्रतिष्ठानद्वारा अर्पण गरिने ‘बाल साहित्य पुरस्कार’ सीता विष्ट कार्कीलाई, ‘सिर्जना सम्मान’ भगवती अर्याललाई प्रदान गरियो ।

शिवकुमार अधिकारी प्रतिष्ठानद्वारा अर्पण गरिने ‘प्रजातन्त्र सेनानी’ द्वारा देवबहादुर सिंह ठकुरी र तारापति सुवेदीलाई प्रदान गरियो । सो प्रतिष्ठानद्वारा प्रदान गरिने ‘साहित्य सम्मान’ सह-प्राध्यापक पूर्णप्रसाद अधिकारीलाई प्रदान गरिएको थियो ।

राङखोला लक्ष्मी स्मृति पुस्तकालयद्वारा अर्पण गरिएको साहित्य सिर्जना समालोचना र अनुसन्धानतर्फको ‘महाकवि देवकोटा पुरस्कार २०७९’ बाट सहप्राध्यापक डा.नारायण चालिसेलाई र ‘महाकवि देवकोटा पुरस्कार २०७८’ बाट प्रा.डा.विष्णुप्रसाद पौडेल सम्मानित हुनुभएको थियो ।
कार्यक्रममा बोल्दै स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले साहित्य सिर्जना एउटा साधना भएकाले यसमा त्याग गर्न सक्नेले मात्रै सफलता प्राप्त गर्ने बताउनुभयो ।

पहिलो सत्रको अध्यक्षता विश्वप्रेम अधिकारीले र दोस्रो सत्रको अध्यक्षता शिवकुमार अधिकारी स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष सुबोधकुमार अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रमोद पंगेनीले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?