सत्तागठबन्धन दलको बुटबलमा संयुक्त प्रशिक्षण

गठबन्धन दलभित्र एक-अर्कालाई विश्वास दिलाउने गरी काम गर्न सबैको सुझाव

हिमालय टाइम्स
Read Time = 7 mins

-चन्द्रकान्त खनाल

बुटवल । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलभित्र एक-अर्कालाई विश्वास दिलाउने गरी काम गर्न आग्रह गर्नु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि गठबन्धनभित्र कुनै पनि शंका–उपशंका वा बहाना नचल्ने उहाँले बताउनु भयो ।

गठबन्धन दलले रुपन्देहीमा शुक्रबार आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले अझै केही वर्ष गठबन्धन आवश्यक रहेको र यसलाई बचाउनु पर्ने उल्लेख गर्नु भयो ।

गठबन्धनले जितेर सरकार बनेपछि धेरै कुरा मिल्न सक्ने बताउँदै उहाँले एक-आपसमा शंका र बेमानी गर्दा ठूलो नोक्सानी व्यहोर्नुपर्ने भनि सचेत गर्नुभयो । ‘आपसमा भ्रम भयो भने सबैभन्दा बढी क्षति हामीलाई नै हुन्छ ।’ देउवाले भन्नुभयो । प्रचण्ड जिलाई पनि विश्वास दिलाउनु छ । शंका उपशंका नगरौं । प्रधानमन्त्री देउवा बोल्नुअघि कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलभित्र घात हुन सक्ने भन्दै सचेत गराएपछि उहाँले यस्तो प्रतिक्रिया दिएका दिनु भएको हो ।

नेकपा माओवादी केन्द्रका प्रचण्डले नेपाली कांग्रेस हजारौं गुणा लोकतान्त्रिक रहेको दाबी गर्नु भएको छ । गठबन्धन दलले रुपन्देहीमा शुक्रबार आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो वताउनु भयो । उहाँले नेकपा एमाले तथा अध्यक्ष केपी ओलीलाई प्रतिगमनकारी भएको आरोप लगाउँदै त्यो भन्दा कांग्रेस लोकतान्त्रिक भएको दाबी गर्नु भयो ।

कार्यकर्ताहरूलाई ढुक्क भएर गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन जित्नका लागि मात्रै गठबन्धन नगरिएको उल्लेख गर्नु भयो । निर्वाचनमा जित हासिल गर्दासम्मका लागि मात्रै गठबन्धन गरिएको हैन । प्रतिगमनको खतरा रहँदासम्म गठबन्धन निरन्तर जान आवश्यक छ ।’ दाहालले भन्नुभयो ।

गठबन्धनका उम्मेदवारहरूलाई एक–राजनीतिक दलका मतदाताले धोका नदिन उहाँको आग्रह थियो । कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादी अध्यक्ष माधवकुमार नेपालसहित कार्यक्रममा उपस्थित प्रचण्डले भन्नुभयो, ‘हामी सबै एक ठाउँमा छौं भन्ने सन्देश दिनका लागि पनि हामी यहाँ आएका हौं ।’ एकले अर्कोलाई धोका नदिन अपिल गर्दै उहाले राजनीतिक परिवर्तनका लागि गठबन्धनलाई मतदान गर्न आग्रह गर्नु भयो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमाले अध्यक्ष ओलीलाई कटाक्ष गर्दै भन्नुभयो, ‘मलाई कामै गर्न दिएन’ । एमाले अध्यक्ष ओलीले आफूलाई काम गर्न नदिएको आरोपको खण्डन गर्दै नेपालले रुन्चे स्वरमा बोल्दै भन्नुभयोे ‘ओलीले पनि एक्टिङ गरेको, मलाई कामै गर्न दिएन ।’ गठबन्धन दलले शुक्रबार रुपन्देहीमा आयोजना गरेको प्रशिक्षक कार्यक्रमलाई सम्बोधन गर्दै उहाले एमाले अध्यक्ष ओलीको कडा आलोचना गर्नु भयो ।

प्रशिक्षण कार्यक्रमको संबोधनमा अधिकांश समय ओलीलाई कटाक्ष र आलोचनामा समय खर्चिनुभएका नेपालले अन्तिममा ‘जय नेपाल’ सम्बोधन गर्दै भाषणको अन्त्य गर्नु भएको थियो । ओलीले सरकारको नेतृत्व गर्दा आफूले भने वा माओवादी अध्यक्ष प्रचण्डले भनेको मान्दै नमानेपछि छुट्टिनु परेको उल्लेख गर्नु भयो ।

एमालेबाट केही समयअघि बाहिरिएर गठबन्धन दलको तर्फबाट उम्मेदवार बन्नुभएको घनश्याम भुसाललाई समेत व्यंग गर्दै उहाँले ओलीलाई भुसालले पनि धुन नसकेको उल्लेख गर्नु भयो । नेता भुसालतर्फ हेर्दै नेपालले भन्नुभयोे, ‘उहाँले ओलीलाई धुन्छु भन्नु भएको थियो, साबुन पानीले धुँदाधुदै पाखा लाग्नु पर्यो । मैले पहिले नै भनेको थिए ओली सुध्रिुने वाला छैनन् ।’ आफूहरूले गठबन्धन गरेर मुलुकलाई निकै ठूलो संकटबाट बचाएको उल्लेख गर्दै समाजवादी अध्यक्ष नेपालले ओलीमा नयाँ तानाशाको आरोप लगाउनु भयो ।

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले प्रतिगमनविरुद्ध पाँच दलीय गठबन्धन बनेको र आगामी निर्वाचनमा पनि कायम राख्नका लागि सत्तारुढ गठबन्धनले जित्नुपर्ने वताउनु भयो । बुटवलमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त भेलामा बोल्दै उहाँले सो कुरा वताउनु भयो । उहाँले प्रतिगमनविरुद्ध र राष्ट्रियताका लागि नै आफ्नो दल गठबन्धनमा रहेको बताउँदै आफ्नो दलले बाग्लुङ, प्यूठान लगायत केहि स्थानमा मात्रै उम्मेद्वारी दिएको वताउनु भयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले तीनै तहमा गठबन्धनका सरकार बनाएर देशलाई स्थायित्व दिनुपर्ने र नेपालीको यसमै भरोसा गरेको वताउनु भयो ।

आगामी मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धनले गरेको आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षणलाइ सम्बोधन गर्दै उहाँले गठबन्धनको सहमति कार्यान्वयन गर्नका लागि सबै दलबाट यस्तो गर्नुपरेको वताउनु भयो ।

संविधानको रक्षा गर्न र गठबन्धन कार्यान्वयन गर्न सबैले सहमति पालना गर्नुपर्ने खाणले वताउनु भयो । नेपालका सबै उपलब्धि सहमति र सहकार्यमा पूरा भएको स्मरण गर्दै सबै क्षेत्रमा विजयी गराउन सबै नेता कार्यकर्तालाई उहाँले निर्देशन दिनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?