शिक्षा मन्त्री पौडेलसहित उम्मेदवारहरु भोट माग्न गाउँ-गाउँमा

हिमालय टाइम्स
Read Time = 5 mins

डम्मर बुढा मगर

बागलुङ । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा बागलुङमा उम्मेदवारहरु भोट माग्न खेतबारीदेखि गोठ र घरसम्म पुग्न थालेका छन् । सत्ता गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेदवारहरू निर्वाचन प्रचार-प्रसारसहित मतदातालाई भोट माग्न बेस्त छन् । दलका उम्मेदवार बनेकाहरू नेता तथा कार्यकर्ता लिएर मतदातालाई भेट्दै हिँडेका छन् भने स्वतन्त्र उम्मेदवारहरू पनि शुभचिन्तकसँगै मतदाता समक्ष पुगेका छन् ।

मतदातालाई भेट्न जाँदा उम्मेदवारहरुले आफ्ना एजेण्डासमेत सुनाई रहेका छन् । दुई क्षेत्र रहेका बागलुङमा चार वटा प्रदेश क्षेत्र छन् । बागलुङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार बन्नु भएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल पश्चिम बागलुङका जनतालाई भेट्ने, समस्या बुझ्ने र भोट माग्नमा बेस्त हुनुहुन्छ । मन्त्री पौडेलले क्षेत्र नम्बर २ को ४८ वटै वडामा पुगेर मतदाता भेट्ने क्रममा रहेको बताउनुभयो ।

उहाँले मतदातासँगको भेटमा यस क्षेत्रका अधुरा र ठूला योजना पूरा गर्न पुनः निर्वाचनमा आएको बताउँदै आउनु भएको छ । संविधानको रक्षा र जनअपेक्षा अनुसार विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनु मन्त्री पौडेलले मतदातासँग अपिल गरि राख्नु भएको छ । मन्त्री पौडेलको क्षेत्रमा दुई प्रदेश क्षेत्र छन् । यहाँ दुई वटै कांग्रेसका उम्मेदवार छन् ।

बागलुङ क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसका जितबहादुर शेरचन र (ख) मा दोर्ण कुमार कुँवरसँगै भोटमा माग्दै हिड्नु भएको छ । मन्त्री पौडेलले पश्चिम बागलुङ सदरमुकामभन्दा सूदुर पश्मिचमा रहेको हुँदा यहाँका जनताले छुट्टै जिल्ला माग गरे त्यसको पक्षमा आफू उभिनेसमेत बताउँदै आउनु भएको छ । कांग्रेसका उम्मेदवारले पनि शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन र रोजगारीलाई एजेण्डा बनाएर मतदाता समक्ष भोट माग्न पुगि रहेका छन् ।

सत्ता गठबन्धनकै तर्फबाट बागलुङ क्षेत्र नम्बर १ मा उम्मेदवार बन्नु भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि हातमा लौरो लिएर गाउँ-गाउँमा भोट माग्न हिड्नु भएको छ । उहाँले राष्ट्रियता, संविधानको रक्षाका लागि गठबन्धनलाई जिताउनु पर्ने भन्दै गाउँ-गाउँमा पुग्नु भएको हो । केसीको क्षेत्रमा पनि दुई वटा प्रदेश क्षेत्र छन् । क्षेत्र नम्बर १ (क) मा कांग्रेसका दीपेन्द्र बहादुर थापा र (ख) मा डिल्लीराम सुवेदी उम्मेदवार हुनुहुन्छ । केसी उहाँहरुसँगै भोट माग्न हिँडि राख्नु भएको छ ।

नेकपा एमालेबाट बागलुङ क्षेत्र नम्बर १ मा संघीय सांसद डाक्टर सूर्य पाठक पनि मतदातालाई भेट्ने र भोट माग्ने गरि राख्नु भएको छ । उहाँले सुखी नेपाली, समृद्ध नेपाललाई साकार बनाउन आफ्नो जित आवश्यक रहेको बताउनुहुन्छ । पाठकले अघिल्लो कार्यकालमा थालेका ठूला योजना पूरा गर्नका लागि यस पटक पनि आफू उम्मेदवार बनेको बताउनुहुन्छ । यस क्षेत्रको प्रदेश सभा तर्फ हिरा केसी र नवराज पौडेल उम्मेदवार हुनुहुन्छ । उहाँहरु पनि निरन्तर भोट माग्न हिँडि राख्नु भएको छ ।

क्षेत्र नम्बर २ मा एमालेले मञ्ज शर्मा चालिसेलाई उम्मेदवार बनाएको छ । शर्मा पनि पश्चिम बागलुङका दुर्गम गाउँसम्म पुगेर मत मागि राख्नु भएको छ । क्षेत्र नम्बर २ (क) मा स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई एमालेले सघाएको छ भने (ख) तर्फ एमाले नेता लक्ष्मण पुनः उम्मेदवार हुनुहुन्छ । शर्माले प्रदेश सभाका दुई वटै उम्मदवारलाई लिएर मत मागि राख्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?