१५ दिनपछि खुल्यो नाग्म-गमगढी राजमार्ग

हिमालय टाइम्स
Read Time = 2 mins

जुम्ला । नाग्म-गमगढी राजमार्ग सञ्चालनमा आएको छ । १९ असोजदेखिको अविरल वर्षा र पहिरोका कारण अवरुद्ध नाग्म-गमगढी सडक खण्ड आजदेखि सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाले नाग्म-गमगडि राजमार्ग खुलेको जनाएको छ । कार्यालयका प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटरको उक्त राजमार्ग १५ दिनको प्रयासपछि खुलेको हो । नाग्म-गमगढी राजमार्गको हिमा गाउँपालिकामा सबै भन्दा बढी पहिरो गएको थियो ।

ईन्जिनियर गणेश भक्रीले हिमा गाउँपालिकाको बाजागाडादेखि भूगोलपाटसम्म मात्रै करिब आठ किलोमिटर लामो पहिरो गएको थियो, सो पहिरो पनि पन्छाएपछि सडक खुलेको हो । उहाँले नाग्म-गमगढी राजमार्गको ९३ किलोमिटरमा एक सय ५० वटा पहिरो पन्छाएको बताउनुभयाे ।

हिमा गाउँपालिकाको बुअ पाखा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्य लिहीमा र कनकासुन्दरीको जिअ भिड, मुगुको झ्यारी, ताल्चामा खसेको पहिरो पनि पन्छाइएको छ । पहिरो पन्छाएपछि मोटरसाईकलहरू सहजै ओहोरदोहोर गर्न थालेका छन् भने साँघुरो स्थानमा थप मर्मत गरे गाडी चलाउने तयारी भइरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?