बर्दियामा हात्तिको आक्रमणबाट १ जनाको मृत्यु, बाघले २ जनालाई घाइते बनायो

Read Time = 1 min

-दीपककुमार शर्मा
बर्दिया । बर्दियामा अलग अलग स्थानमा भएका जंगली जनावरको आक्रमणमा परी एक जनाको मत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

जिल्लाको बारबर्दिया नगरपालिकामा शनिवार विहान आफनै साथीहरु संग मर्निङ वाकमा निस्किएका बारबर्दिया नगरपालिका ७ निवासी ४७ वर्षिय सोलीराम थारु जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो । उनीसगै रहेका उनका साथी भने बाच्न सफल भएका छन् ।

यता जिल्लाको मधुवन नगरपालिका र गुलरिया नगरपालिकामा बाघको आक्रमणबाट २ जना घाइते भएका छन् । शनिवार विहान घर नजिकै रहेका गुलरिया नगरपालिका १ का राकेश लोध र मधुवन नगरपालिका ७ का सोम श्रेष्ठ घाइते भएका छन् । घाइते दुवै जनाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हिक्मतबहादुर बोहराले बताउनु जानकारी दिनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?