राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्रकाे साटाे “वाचा पत्र“ निकाल्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्र ननिकाल्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीले घोषणापत्रको सट्टा “वाचा पत्र“ निकाल्ने बताउनु भएकाे हाे ।

आइतबार सामाजिक सञ्जालमा लामिछानेले लेख्नुभएको छ,गर्नै नसकिने झुठो आश्वासनको “घोषणा पत्र“ होइन, गर्नै पर्ने र निश्चित समयमा गरी छाड्ने “वाचा पत्र“ को अन्तिम तयारीका लागि पार्टी मुख्यालय (घण्टी घर) काठमाडौ आएको छु ।

उहाँले देउसी खेल्न भने चितवनमा जाने बताउनुभएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा लामिछानेले चितवन क्षेत्र नम्वर २ बाट उम्मेदवारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?